logo

२०८१ बैशाख १२ बुधबार

logo
  • बुधबार, १२ बैशाख २०८१
  • ‘गौहत्या बन्द गर, हिन्दू राष्ट्र कायम गर’ भन्दै बुटवलमा गौहत्याविरुद्ध विरोध प्रदर्शन

    ‘गौहत्या बन्द गर, हिन्दू राष्ट्र कायम गर’ भन्दै बुटवलमा गौहत्याविरुद्ध विरोध प्रदर्शन

    1.4K
    Shares
    ‘गौहत्या बन्द गर, हिन्दू राष्ट्र कायम गर’ भन्दै बुटवलमा गौहत्याविरुद्ध विरोध प्रदर्शन

    काठमाडौँ । बुटवलमा गौहत्या विरोध तथा गोरक्षाका लागि शान्ती र्‍याली निकालिएको छ। गौहत्या बन्द गर, हिन्दू राष्ट्र कायम गर भन्ने नारासहित बुटवलको राजमार्ग चौराहबाट गोरक्षा बृहत्त शान्ती र्‍याली निकालिएको हो।

    बुटवलको मिलनचोक, बसपार्क, अस्पताल लाईन हुँदै ट्राफिक चोकमा पुगेर कोण सभामा परिणत भएको थियो। कोणसभामा बोल्दै हिन्दू धर्मका अगुवाहरुले गाई मारेर खानु कानुन विपरीत हुनुका साथै संस्कृति र परम्पराको विपरीत रहेको बताए। उनीहरुले गौबध गर्नेहरु कहिल्यै हिन्दू हुन नसक्ने भन्दै सरकारले त्यस्ता व्यक्तिलाई कडा कारबाही गर्नुपर्ने बताए।

    कोण सभामा बोल्दै विश्व ज्योतिष महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष जनार्दन न्यौपानेले हिन्दू विरोधिहरु होसियार रहन चेतावनी दिए। उनले गौहत्या बन्द गर्न र देशलाई हिन्दु राष्ट्र कायम गर्न माग गरे।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend