logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • जसपा अध्यक्ष यादव स्वदेश फिर्ता

    जसपा अध्यक्ष यादव स्वदेश फिर्ता

    2.1K
    Shares
    जसपा अध्यक्ष यादव स्वदेश फिर्ता

    काठमाडौँ । जनता समाजवादी पार्टी, (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव आज फिर्ता हुनु भएको छ ।
    एशोसिएसन अफ नेपाली तराई इन अमेरिका (एन्टा) को अधिवेशनमा सहभागी हुन अमेरिका पुग्नु भएका अध्यक्ष यादव आज दिउँसो ४ ः ४५ बजे नेपाल आइपुग्नु भएको सो पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो ।

    उहाँका अनुसार अध्यक्ष यादवले अमेरिकाको न्यूयोर्क र भर्जिनियामा रहेका नेपाली समुदायसँग अन्तरक्रिया गर्नु भएको थियो । यही असोज १२ गते अध्यक्ष यादव अमेरिका प्रस्थान गर्नु भएको थियो ।अध्यक्ष यादवलाई पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठ, केन्द्रीय कार्यालय समितिका अध्यक्ष परसुराम बस्नेत लगायत अन्तर्राष्ट्रिय सम्बन्ध विभागका सदस्यहरुले त्रिभुवन विमानस्थलमा आज स्वागत गर्नु भएको थियो । रासस


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend