logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • डोटी अस्पतालमा सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा

    डोटी अस्पतालमा सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा

    1.7K
    Shares
    डोटी अस्पतालमा सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा

    डोटी । जिल्ला अस्पताल डोटीले सुत्केरीका लागि एम्बुलेन्स सेवा निःशुल्क गरेको छ । अस्पतालमा सुत्केरी हुन आउनेलाई २०८० असारसम्म देशका कुनै पनि अस्पतालमा लैजाँदा एम्बुलेन्स खर्च नलिने भएको छ । अस्पतालमा सुत्केरी हुन नसकेर जिल्ला बाहिर लैजानस परेमा एम्बुलेन्स सेवा निःशुल्क गरेको जिल्ला अस्पतालका अध्यक्ष धनबहादुर नेपालीले बताए । “आयस्तर कम भएका, सुत्केरी हुन नसकेर उच्च जोखिममा भएकालाई राहतस्वरुप अस्पतालले एम्बुलेन्स सेवा निःशुल्क गरेको हो”, उनले भने । स्वास्थ्य सेवालाई गुणस्तरीय र प्रभावकारी ढङ्गले प्रवाह गर्न आवश्यक दोहोरो प्रेषण प्रणालीको कार्यान्वयन भइरहेको उनले बताए ।

    जिल्लाका जुनसुकै ठाउँबाट भए पनि स्वास्थ्य संस्था, स्थानीय तह वा स्वयं व्यक्तिको आग्रहमा जिल्ला अस्पतालकै एम्बुलेन्सले लिएर आउने व्यवस्था गरिएको छ । अस्पतालमा सुत्केरी हुनेलाई यातायातस्वरुप रु दुई हजार दुई सय दिने व्यवस्था छ ।

    एम्बुलेन्स सेवा निःशुल्क गरेपछि ग्रामीण भेगका गर्भवती तथा सुत्केरीलाई सहज भएको बडीकेदार गाउँपालिका–२ की राधा चन्दले बताइन् । आर्थिक अवस्था कमजोर भएका कतिपय सुत्केरीले बाटोमा तथा जोखिम मोलेर घरमै बच्चा जन्माउने गरेका थिए । यसलाई मध्यनजर गरेर जिल्ला अस्पतालले सुत्केरीका लागि एम्बुलेन्स सेवा निःशुल्क गरेको हो । जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट निराजन श्रेष्ठले ग्रामीण भेगका स्वास्थ्य संस्थामा सुत्केरी हुन नसक्दा जिल्ला अस्पताल ल्याउनुपर्ने महिलालाई उक्त कार्यक्रमबाट राहत पुग्ने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend