logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • दसैँ–तिहार तथा छठ पर्व विशेष सुपथ पसल सञ्चालनमा

    दसैँ–तिहार तथा छठ पर्व विशेष सुपथ पसल सञ्चालनमा

    4.1K
    Shares
    दसैँ–तिहार तथा छठ पर्व विशेष सुपथ पसल सञ्चालनमा

    काठमाडौँ । आइतबारदेखि दसैँ–तिहार तथा छठ पर्व विशेष सुपथ पसल सञ्चालनमा आएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले उपत्यकासहित ४३ जिल्लाको आफ्ना ४९ बिक्रीकेन्द्रमार्फत् एकैपटक सुपथ पसल उद्घाटन गरेको हो ।

    मुख्य चाडपर्व दसैँ–तिहार तथा छठ पर्वको अवसरमा सर्वसाधारण उपभोक्तालाई सस्तो मूल्यमा खाद्यान्न दाल, चामल, नुन तेलसहित आवश्यकीय उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यसहित कम्पनीलेसुपथ मूल्य पसल सञ्चालनमा ल्याएको खाद्य कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्दले बताए ।

    यसको साथै सरकारको अर्को बिक्री केन्द्र साल्ट ट्रेडिङ कर्पोरेशनले समेत आइतबारदेखि नै उपत्यकासहित देशभरका ३५ स्थानमा सुपथ पसल सञ्चालनमा ल्याएको छ । उसले काठमाडौँ उपत्यकाको कालिमाटी, जडिबुटी, कोटेश्वरसहित ८ स्थानमा सुपथ पसल सञ्चालन गरेको छ भने तीन वटा घुम्ती सेवामार्फत् सुपथ पसल सञ्चालन गरिरहेको छ ।

    सरकारी दुई व्यापारिक निकाय खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनले आइतबारदेखि सञ्चालनमा ल्याएको सुपथ मूल्य पसलहरुमा डीडीसीको घ्यूदेखि कर्णालीको सिमी र जुम्लाको मार्सी चामलसम्म उपलब्ध गराइएको छ ।

    बजारमा उपलब्ध दाल, चामल, नुन तेल, आँटा पिठो, हुम्लाको फापरसहित ग्यास र इन्डक्सन चुलोसमेत उपलब्ध छन् । यी वस्तुहरु बजार भाउभन्दा ७ रुपैयाँदेखि २० रुपैयाँसम्मले सस्तोमा उपलब्ध गराइएको खाद्य कम्पनीले जनाएको छ ।

    कम्पनीले दसैँ–तिहारको उपलक्ष्यमा सुपथ मूल्य पसलबाटडीडीसी घ्यूमा अधिकतम २० रुपैयाँ छुट दिने जनाएको छ । सामान्य बजारमा प्रतिकेजी १२ सय रुपैयाँ रहेको डीडीसी घ्यू ११८० रुपैयाँमा नै उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

    यस्तै, तोरीको तल, सनफ्लावर तेल, भटमासको तेलमा समान प्रतिलिटर ७ रुपैयाँ छुट दिएको छ । कम्पनीले हुल्लाको कागुनो चामल हुम्लाकै चिनो चामल, कणालीको सिमी, चना, क्वाटी र हुम्लाको फापरमा प्रतिकेजी १० रुपैयाँ छुट दिने जनाएको छ ।

    यस्तै, जुम्लाको लोकप्रिय स्थानीय चामल ‘मार्सी’समेत प्रतिकेजी ७ रुपैयाँ छुटसहित २१८ रुपैयाँमा नै उपलब्ध गराउने खाद्य कम्पनीले जनाएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend