logo

२०८१ बैशाख १२ बुधबार

logo
  • बुधबार, १२ बैशाख २०८१
  • धर्नामा बसेका वकिलहरूमाथि जुत्ता प्रहार, एक महिला नियन्त्रणमा

    धर्नामा बसेका वकिलहरूमाथि जुत्ता प्रहार, एक महिला नियन्त्रणमा

    2.4K
    Shares
    धर्नामा बसेका वकिलहरूमाथि जुत्ता प्रहार, एक महिला नियन्त्रणमा

    काठमाडौं । सर्वोच्च अदालतको मुख्य प्रवेशद्वारमा धर्नामा बसेका कानून व्यवसायीहरूमाथि जुत्ता प्रहार भएको छ । एक महिलाले आफूले लगाएको जुत्ता खोलेर धर्नामा बसेका कानून व्यवसायीहरूमाथि प्रहार गरेकी हुन् ।

    उनले बार मुर्दावाद, वकिलहरू मुर्दावाद, चोलेन्द्र श्रीमान् जिन्दावाद भन्दै नारा लगाएकी थिइन् ।

    प्रहरीका अनुसार जुत्ता प्रहार गर्ने महिलाको नाम तारा बराल हो । उनले आफूलाई सामाजिक अभियन्ता बताउने गरेकी छन् ।

    तत्कालै प्रहरीले ती महिलालाई नियन्त्रणमा लिएको छ । गेट बाहिरबाट फालेको जुत्ताले कसैलाई लाग्न भने पाएन ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend