logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • नयाँ बानेश्वरमा लघुवित्त पीडितले गरे विरोध प्रदर्शन

    नयाँ बानेश्वरमा लघुवित्त पीडितले गरे विरोध प्रदर्शन

    1.4K
    Shares
    नयाँ बानेश्वरमा लघुवित्त पीडितले गरे  विरोध प्रदर्शन

    काठमाडौं । लघुवित्त पीडितहरुले काठमाडौंको नयाँ बानेश्वरमा आज विरोध प्रदर्शन गरेका छन् ।

    निषेधित क्षेत्र तोड्न खोजिएको भन्दै प्रहरीले केही प्रदर्शनकारीलाई पक्राउ गरेको छ ।

    ‘लघुवित्तीय संस्थाविरुद्धको संघर्ष समिति’ बनाएर पीडितहरुले काठमाडौंमा प्रदर्शन गर्दै आइरहेका छन् । उनीहरुले लघुवित्त संस्था खारेजी हुनुपर्ने लगायतका विभिन्न पाँच बुँदे माग राखेका छन् ।

    आफ्ना माग सम्बोधनका लागि दबाव दिने उद्देश्यका साथ काठमाडौंको एभरेष्ट होटल अगाडि पट्टी सडकमा पीडितहरुले आज विरोध प्रदर्शन गरेका थिए ।

    प्रदर्शनकारी संसद भवन तर्फ प्रवेश गर्न खोजेपछि प्रहरीले ब्यारिकेड लगाएर रोकेको थियो । सोक्रममा प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल समेत भएको थियो ।

    केहीबेरको धकेलाधकेल पछि प्रहरीले केही प्रदर्शकारीहरुलाई समातेर भ्यानमा कोचेको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend