logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • नेकपा एकता राष्ट्रिय अभियानको नाम परिवर्तन गरी ‘समाजवादी केन्द्र’ कायम

    नेकपा एकता राष्ट्रिय अभियानको नाम परिवर्तन गरी ‘समाजवादी केन्द्र’ कायम

    16.6K
    Shares

    काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियान ले नाम परिवर्तन गरेको छ । अभियानले आज एक विज्ञप्ती जारी गरि नेकपा एकता राष्ट्रिय अभियान बाट “समाजवादी केन्द्र” कायम गरिएको जानकारी दिएको हो । नेकपा एकता अभियानले संयोजक वामदेव गौतमलाई निष्काशन गरी सचिवालय सदस्य युवराज सफललाई अभियान संयोजक बनाएको थियो । युवराज सफल नेतृत्वको अभियान केन्द्रीय कार्यालयमा मंगलबार बैठक बसी अभियानको नाम परिवर्तन गरी समाजवादी केन्द्र राख्ने निर्णय गरेको जनाएको छ ।

    ‘आगामी प्रदेश र संघको निर्वाचनमा समाजवादी केन्द्र्रको नाममा चुनाबी गठबन्धन बनाई चुनावमा सहभागी हुने निर्णय समेत गरिएको छ । समाजवादी केन्द्र गठनको जानकारी निर्वाचन आयोगमा समेत गराइएको छ । साउन १८ गतेकै दिन दर्ता नं.२५१ रही हाम्रो निवेदन दर्ता भएको कुरा समेत यसै प्रेस विज्ञप्तीमार्फत सार्वजनिक गर्न चाहन्छौँ ।’ विज्ञप्तीमा भनिएको छ ।

    त्यस्तै मंगलबारको बैठकले समाजवादी केन्द्रको चार सदस्यीय अध्यक्ष मण्डल समेत चयन गरेको छ । जसमा युवराज सफल ,कृष्ण गोपाल बञ्झरा ,निलकण्ठ पौडेल ,मिननाथ देवकोटा, तेज बहादुर कार्की ,द्धारिका निरौला ,सरस्वती न्यौपाने ,भरत कुमाल ,भगवती ढकाल र लक्ष्मण पौडेल सहितको सचिवालय समेत चयन गरेको छ । बैठकले चुनाबी गठबन्धन ÷तालमेल र विचार मिल्ने राजनीतिक दलसँग पार्टी एकीकरण समेत गर्ने निर्णय गरेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend