logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • नेपाली राष्ट्रिय फुटबल टोलीले एसियन कप छनोटमा सहभागिता जनाउँदै

    नेपाली राष्ट्रिय फुटबल टोलीले एसियन कप छनोटमा सहभागिता जनाउँदै

    9.8K
    Shares

    काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले कुवेतमा आयोजना हुने एएफसी एसियन कप छनोटमा सहभागिता जनाउँदैछ । आगामी जुनमा आयोजना हुने छनोटका लागि नेपाली टोलीले प्रशिक्षण सुरु गरिसकेका छन ।

    मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले छनोट हुन सक्दैनौं भने पनि खेलाडीले भने उत्कृष्ट प्रदर्शनको आशा राखेका छन् । एएफसी एसियन कप छनोट प्रतियोगिताको कठिन मानिएको समूहमा रहेको नेपालले जुन ८ देखि १४ सम्म कुवेतमा हुने प्रतियोगिताका लागि तयारी गरिरहेको छ । कठिन मानिएको समूहमा रहेको नेपालले छनोटमा उत्कृष्ट प्रदर्शनको आशा राखेको छ । मुख्य प्रशिक्षकले छनोट हुँदैनौ भन्दै दिएको अभिव्यक्तिको सार्वजनिक रुपमा दिएपनि नेपाली टोलीका उपकप्तान रोहित चन्दले छनोटमा उत्कृष्ट प्रदर्शन गर्नका लागि योजनाबद्ध तरिकाले तयारी गरिरहेको बताए ।

    नेपाल रहेको समूहमा आयोजक कुवेतसँगै नेपाल, इन्डोनेसिया र जोर्डन रहेका छन । बलिया टोली भएकाले नेपालको छनोट सम्भावना न्यून रहेको छ । छनोटको सम्भावना कम भएपनि छनोटमा उत्कृष्ट प्रदर्शनका लागि नेपाली टोली तयार रहेको सुजल श्रेष्ठले बताए । यस्तै विशाल राई, अनन्त तामाङ र विशाल श्रेष्ठले पनि अन्तिमसम्म पनि बलिया टोलीविरुद्ध नतिजाका लागि लड्ने प्रतिक्रिया दिएका छन् ।

    लामो समयसम्म चोटका कारण मैदान बाहिर रहेका नवयुग श्रेष्ठ पनि टोलीमा फर्किएका छन् । चोटलाई भुलेर राम्रो खेल्न अवसर एएफसी एसियन कप छनोट प्रतियोगितामा भएको नवयुगले बताए ।

    छनोटबाट समूहको शीर्ष टोली चीनमा आयोजना हुने एसियन कप २०२३ मा छनोट हुने छन । यस्तै ५ समूहको उत्कृष्ट उपविजेताले पनि प्रतियोगितामा सहभागि हुने मौका पाउनेछन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend