logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • नेपाल भ्रमणमा आएका भारत-क्यानडा चेम्बरका प्रतिनिधिलाई लुम्बिनी कोषका उपाध्यक्षले गरे स्वागत

    नेपाल भ्रमणमा आएका भारत-क्यानडा चेम्बरका प्रतिनिधिलाई लुम्बिनी कोषका उपाध्यक्षले गरे स्वागत

    1.6K
    Shares
    नेपाल भ्रमणमा आएका भारत-क्यानडा चेम्बरका प्रतिनिधिलाई लुम्बिनी कोषका उपाध्यक्षले गरे स्वागत

    रुपन्देही । भारत-क्यानडा चेम्बर अफ कमर्स ट्रेड भारतका प्रतिनिधिहरु भ्रमणका लागि नेपाल आएका छन् ।

    तीन दिने नेपाल भ्रमणमा आएका उनीहररुलाई माननीय संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक्ष प्रथम योल्मो खेन्पो (छिमे छिरिङ) डा। ल्हारक्याल लामा तथा चेम्बर अफ कमर्स, रुपन्देहीका प्रतिनिधिहरुले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा बुधबार स्वागत गरे ।

    उपाध्यक्ष डा।लामाले स्वागत गर्दैबुद्धको पवित्र जन्मभूमि लुम्बिनीमा घुम्न आउन निमन्त्रणा समेत गरेका थिए ।

    भारतीय व्यवसायसँग गहिरो व्यावसायिक साझेदारी स्थापित गर्दै आएको चेम्बरले क्यानाडाको आर्थिक वृद्धिको लागि महत्त्वपूर्ण सहयोग गर्दै आएको छ भने खाद्यान्न र प्राकृतिक स्रोतसाधनहरु, सूचना प्रविधि, शिक्षा स्वास्थ्य लगायत क्षेत्रमा समेत साझेदारी गरेको छ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend