logo

२०८१ बैशाख ६ बिहिबार

logo
  • बिहिबार, ६ बैशाख २०८१
  • पठनपाठन सुरु भएको महिनादिनपछि मुगुका विद्यार्थीले पाए ‘किताब’

    पठनपाठन सुरु भएको महिनादिनपछि मुगुका विद्यार्थीले पाए ‘किताब’

    3.6K
    Shares

    काठमाडौं । विद्यालय संचालन भएको करिब एक महिनापछि मुगुमा पाठयपुस्तक पुगेको छ । गत जेठ १ गते देखिनै विद्यालयमा पठनपाठन सुरु भएपनि पाठयपुस्तक अभावका कारण अध्यन अध्यापन प्रभावित भएको थियो ।

    छायाँनाथ रारा नगरपालिकाअन्तर्गत ४४ वटा सामुदायिक विद्यालयका लागि ढुवानीको जिम्मा लिएको जयलक्ष्मी पुस्तक भण्डारले शुक्रबार पुस्तक गमगढीमा पुर्‍याएको छ । प्रादेशीक राजधानी सुर्खेत पाठयपुस्तक बिक्री डिपोबाट ढुवानी गरी गमगढीमा ल्याएको हो।

    जिम्मा लगेको सबै पुस्तक ढुवानी गरिसकेपछि सामुदायिक विद्यालयलाई वितरण गरिने पुस्तक बिक्रेता जयलक्ष्मी भामले बताए । पुस्तक ढुवानीको निम्ति सम्बन्धित निकायलाई पटक पटक ताकेता गरेपछि शुक्रबार गमगढी बजारमा नयाँ पुस्तक पुगेको छायाँनाथ रारा नगरपालिकाका प्रमुख विष्णु कुमार भामले बताए ।

    जिल्लाको सोरु, खत्याड र मुगुम कार्मारोङ गाउँपालिकामा जिम्मा लगेका पुस्तक बिक्रेताले छिट्टै पालिकास्तरमा पुस्तक पुर्‍याएर वितरण सुरु हुने जिल्ला शिक्षा विकास समन्वय इकाइ कार्यालयले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend