logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • पोर्चुगल पठाइदिने प्रलोभनमा पारी १३ लाख ९२ रुपैँया ठगी गर्ने व्यक्ति पक्राउ

    पोर्चुगल पठाइदिने प्रलोभनमा पारी १३ लाख ९२ रुपैँया ठगी गर्ने व्यक्ति पक्राउ

    1.5K
    Shares
    पोर्चुगल पठाइदिने प्रलोभनमा पारी १३ लाख ९२ रुपैँया ठगी गर्ने व्यक्ति पक्राउ

    काठमाडौँ । आकर्षक बैदेशिक रोजगारीको प्रलोभन देखाउँदै पोर्चुगल पठाईदिन्छु भन्दै रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    कैलालीको टिकापुर नगरपालिका वडा नं.१ स्थाई घर भई हाल जिल्ला ललितपुरको महालक्ष्मी नगरपालिका स्थित टिकाथली बस्ने ४० वर्षिय कृतक बहादुर साउँदलाई विहिवार काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएका विशेष टोलीले पक्राउ गरेको हो ।

    पक्राउ परेका साउँदले दिनेश बमलाई वैदेशिक रोजगारीको लागि पोर्चुगल पठाईदिन्छु, पोर्चुगल पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाईदिन्छु, मासिक २ लाख भन्दा बढी तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी निज पिडितबाट पटक–पटक गरी जम्मा १३ लाख ९२ हजार रकम लिई पोर्चुगल पठाईदिने भनी अजरबैजानसम्म पुर्याएर अलपत्र पारी सम्पर्क विहीन भई ठगी गरेको वैदेशिक रोजगार विभागबाट पत्राचार भएकोमा अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले साउँदको खोजतलास गर्ने सिनामंगलबाट पक्राउ गर्नुका साथै उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौँ पठाईएको प्रहरीले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend