logo

२०८१ बैशाख ११ मंगलबार

logo
  • मंगलबार, ११ बैशाख २०८१
  • प्रकाशशरण महत भन्छन्- ‘देशले नयाँ प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नै चाहेको छ’

    प्रकाशशरण महत भन्छन्- ‘देशले नयाँ प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नै चाहेको छ’

    4.2K
    Shares
    प्रकाशशरण महत भन्छन्- ‘देशले नयाँ प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नै चाहेको छ’

    काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले  नयाँ प्रधानमन्त्रीमा शेरबहादुर देउवा नै उपयुक्त पात्र भएको बताएका छन्।उनले कुनैपनि दलले बहुमत नल्याएको अवस्थामा परिपक्व नेतृत्वको आवश्यक्ता रहेको बताए । उनले देशले खोजेको नेतृत्व काँग्रेसले प्रस्तुत् गर्ने भन्दै अहिले देशले प्रधानमन्त्री शेरबहादुर देउवालाई नै चाहेको बताए ।

    मंगलवार दिउँसो काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा देउवाको समर्थनमा उभिएका उनले राजनीति आयुको सिद्धान्तबाट नभइ आवश्यक्ताको सिद्धान्तले चल्ने भएकाले अहिलेको आवश्यक्ता शेरबहादुर देउवा संसदीय दलको नेतामा चयन हुनु रहेको बताए।

    राजनीति आवश्यक्ताको सिद्धान्तले चल्ने बताउँदै उनले भने, ‘अहिले अन्य दलहरुसँग मिलेर सरकार बनाउनुपर्ने छ । सबैलाई मिलाएर लैजाने गुण, कला र अनुभव देउवासँग मात्रै छ ।’

    नेपाली काँग्रेस संसदीय दलको नेताका लागि पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दर्ता गराएका छन् ।

    देउवाको प्रस्तावकमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल छन् भने समर्थकमा पूर्णबहादुर खड्का छन् । महामन्त्री थापाको प्रस्तावकमा डा. शेखर कोईराला छन् भने समर्थनमा महमन्त्री विश्वप्रकाश शर्मा, नेता प्रदीप पौडेल, उपसभापति धनराज गुरुङ रहेका छन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend