logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • Advertisment

    Sunaulo Nepal

    प्रदीप ज्ञवालीको प्रश्न : कामचलाउ सरकारले सदनलाई बिजनेस दिन मिल्छ ?

    प्रदीप ज्ञवालीको प्रश्न : कामचलाउ सरकारले सदनलाई बिजनेस दिन मिल्छ ?

    4K
    Shares

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले चुनाव घोषणासँगै सरकार कामचलाउ भएको बताएको छ । प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले ढिलै भएपनि चुनावको मिति घोषणा गरेकोमा धन्यवाद दिए । चुनाव घोषणापछि पनि संसद चलाइरहेको भन्दै उनले प्रश्न गरेका छन्, ‘कामचलाउ सरकारले सदनलाई बिजनेस दिन मिल्छ ?’

    सरकारले आगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन गर्ने निर्णय गत बिहीबार गरेको थियो । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग पनि कार्यसूचीमा देखेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे । २९ फागुनमा दर्ता भएको सामान्यत महाअभियोग दर्ता भएको तीन महिनामा टुंगो लाग्ने भएपनि सरकारले राजनीतिक प्रतिशोध राखेर संसदमा प्रस्ताव नै नल्याएको बताए ।

    ‘हामीले भन्दै आएका छौं, उनी महाअभियोगको भागिदार हुन् भने गहिरो छानबिन गरौं, महाअभियोग लगाएर हटाऔं । होइन भने यो ढंगले झुण्ड्याउन मिल्दैन,’ उनले भने, ‘अब सदन अन्त्य हुने बेलामा ल्याएर हामीले न्याय गर्दैछौं ? यो उचित भएन ।’ उनले अब सरकारले नियमित ढंगले बिजनेस दिएर संसद चलाउनु उचित नहुने समेत बताए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend