logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • भारतमा कोरोना भाइरसबाट थप ५ हजार सङ्क्रमित

    भारतमा कोरोना भाइरसबाट थप ५ हजार सङ्क्रमित

    5.6K
    Shares
    भारतमा कोरोना भाइरसबाट थप ५ हजार सङ्क्रमित

    नयाँ दिल्ली । भारतमा कोरोना भाइरसबाट थप पाँच हजार सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा पाँच हजार एक सय ८ जना नयाँ सङ्क्रमित भएका हुन् ।

    भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या भने ४५ हजार सात सय ४९ रहेको सङ्घीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा पाँच हजार ६७५ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । योसँगै अहिलेसम्म सङ्क्रमणमुक्त भएकाहरुको कुल सङ्ख्या चार करोड ३९ लाख ३६ हजार ९२ पुगेको छ ।

    मन्त्रालयका अनुसार पछिल्लो एक दिनमा तीन लाख ५५ हजार २३१ जनाको कोरोना परीक्षण गरिएको थियो । भारतमा कोरोना भाइरस न्युनिकरणका लागि देशव्यापी निःशुल्क खोप अभियान चलाईरहेपनि दैनिक रुपमा हजारौ मानिस सङ्क्रमित भइरहेका छन् । मृतकको सङ्ख्या भने पछिल्लो समय निकै घटेको पाइएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend