logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • Advertisment

    Sunaulo Nepal

    भिटामिन ‘ए’ र जुकाको औषधि खान छुटेका बालबालिकालाई फेरि खुवाइने

    भिटामिन ‘ए’ र जुकाको औषधि खान छुटेका बालबालिकालाई फेरि खुवाइने

    4.1K
    Shares
    भिटामिन ‘ए’ र जुकाको औषधि खान छुटेका बालबालिकालाई फेरि खुवाइने

    काठमाडौँ । भिटामिन ‘ए’ र जुकाको औषधि खान छुटाएका बालबालिका लागि पुनः खुवाइने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले यही कात्तिक २ र ३ गते भिटामिन ‘ए’ र जुकाको औषधि खान छुटाएका बालबालिका नजिकैको स्वास्थ्य संस्थामा लगेर खुवाउन आग्रह गरे ।

    ‘छ महिनादेखि ५९ महिनासम्मका कुनै बालबालिका भिटामिन ए क्याप्लुस र एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिका जुकाको औषधि खान छुटेका छन् भने उनीहरुलाई दुई हप्ताभित्र नजिकैको स्वास्थ्य संस्थामा लगेर खुवाउन सकिन्छ’, उनले जारी गरेको विज्ञप्ति उल्लेख गरिएको छ ।

    सरकारले प्रत्येक वर्षमा दुई पटक वैशाख ६ र ७ गते तथा कात्तिक २ र ३ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने गर्दछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend