logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • च्यासलमा भीम रावल र केपी ओलीबीच भेटवार्ता

    च्यासलमा भीम रावल र केपी ओलीबीच भेटवार्ता

    3.3K
    Shares
    च्यासलमा भीम रावल र केपी ओलीबीच भेटवार्ता

    काठमाडौँ । पार्टीप्रति असन्तुष्ट रहँदैआएका एमाले नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गरेका छन् । अध्यक्ष ओली र रावलबीच एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा भेट भएको हो ।

    एमालेको १० औं राष्ट्रिय महाधिवेशनदेखि अध्यक्ष ओलीसँग सम्बन्ध राम्रो नभएका रावल त्यसयता पार्टी काममा समेत सक्रिय छैनन् । उक्त महाधिवेशनमा रावलले ओलीको इच्छाविपरित उनीसँग अध्यक्ष पदमा भिडेका थिए ।

    केही महिनाअघि रावललाई पार्टी काममा फर्काउन भन्दै अध्यक्ष ओलीले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली बनाएका थिए ।

    पौडेल नेतृत्वको टोली र रावलबीच वैशाख पहिलो साता एक चरणको कुराकानी भएपनि त्यसपछि फेरि कुनै छलफल हुन सकेको थिएन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend