logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • माैसम पूर्वानुमान: यी तीन प्रदेशमा वर्षाकाे सम्भावना

    माैसम पूर्वानुमान: यी तीन प्रदेशमा वर्षाकाे सम्भावना

    2K
    Shares
    माैसम पूर्वानुमान: यी तीन प्रदेशमा वर्षाकाे सम्भावना

    काठमाडौं । आगामी २४ घण्टामा तीनवटा प्रदेशमा वर्षाको सम्भावना रहेकाे छ ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा अहिल बिहान हल्का वर्षा भइरहेको छ। आज राति कोशी प्रदेशमा पनि वर्षाको सम्भावना छ।

    पहाडी इलाकाका १-२ स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेकाले त्यसबाट हुन सक्ने क्षति र जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

    बंगालको खाडीमा विकसित भएको ‘मोखा’ नामक चक्रवातको प्रभाव भने नेपालमा नपर्ने देखिएको विभागले जनाएको छ। उक्त चक्रवात हाल बंगलादेश र म्यानमारको तटीय क्षेत्रतर्फ बढिरहेको छ।

    अहिले बिहान पहाडी इलाकामा आंशिकदेखि सामान्य बदली रही बाँकी क्षेत्रमा मौसम सफा छ। गण्डकी र कर्णाली प्रदेशका १-२ स्थानमा हल्का वर्षा भइरहेको छ।

    आज दिउँसो पहाडमा आंशिकदेखि सामान्य बदली रही हिमाल र तराईमा आंशिक बदलीदेखि मौसम सफा रहने छ। पहाडका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ।
    राति पहाडमा आंशिकदेखि सामान्य बदली रही बाँकी क्षेत्रमा आंशिक बदलीदेखि मौसम सफा रहने छ। कोशी र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेकाे विभागले जनाएकाे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend