logo

२०८१ बैशाख ४ मंगलबार

logo
  • मंगलबार, ४ बैशाख २०८१
  • यातायात व्यवस्था विभागका महानिर्देशक रिजालमाथि दुर्व्यवहार

    यातायात व्यवस्था विभागका महानिर्देशक रिजालमाथि दुर्व्यवहार

    6.8K
    Shares
    यातायात व्यवस्था विभागका महानिर्देशक रिजालमाथि दुर्व्यवहार

    काठमाडौँ । यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालमाथि दुर्व्यवहार भएको छ । आज (सोमबार) बिहान महानिर्देशकमाथि दुर्व्यवहार भएको हो ।

    महानिर्देशक रिजाललाई केही व्यक्तिहरुले निलो रङको मसी छ्यापेका जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना प्रहरी अधिकृतले सुनौलो नेपाललाई जानकारी दिए । उनका अनुसार अभद्र व्यवहार गर्ने व्यक्तिहरु क्रान्तिकारी युवा संगठन नेपालका रहेको बुझिएको छ ।

    क्रान्तिकारी युवा संगठनले फेसबुकमा महानिर्देशकलाई मोसो दलिएको भन्दै भिडिओ राखेको बताइएको छ । महानिर्देशक रिजालले नक्कली लाइसेन्स छानबिन प्रतिवेदन सार्वजनिक नगरेको, विभागको कम्प्युटर सिस्टममा प्रत्यक्ष संलग्न रहेको, नक्कली लाइसेन्स बाँड्ने प्रक्रियामा संलग्न रहेको उनीहरुको आरोप छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend