logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • राष्ट्रपति अत्याधिक मतले जित्छौँ : नेता सिटौला

    राष्ट्रपति अत्याधिक मतले जित्छौँ : नेता सिटौला

    4.5K
    Shares
    राष्ट्रपति अत्याधिक मतले जित्छौँ : नेता सिटौला

    काठमाडौं । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रपतिमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलको जित सुनिश्चित भएको दाबी गरेका छन् ।
    शनिवार पार्टीको केन्द्रिय सम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो दाबी गर्नुभएको हो । उहाँले पार्टीले वरिष्ठ नेता पौडेललाई सर्वसम्मतीले स्वीकार गरेको बताए ।

    नेता सिटौलाले राष्ट्रपतिमा आफ्नो चर्चा हुनु स्वभाविक रहेको पनि बताए । उनले शुक्रवार बैठमा सहभागी ८ दलले नै पूर्ण रुपमा काँग्रेस उम्मेदवारलाई समर्थन गर्ने पनि बताए ।

    उनले भने, ‘राष्ट्रपतिको उम्मेदवारमा रामचन्द्र पौडेल सर्वसम्मत भएका हुन् । मेरो पनि चर्चा थियो, त्यो स्वभाविक पनि छ । सभापतिज्युले प्रश्ताव राख्नुभयो, हामीले सर्वसम्मतले पास गरेका छौँ । अहिले गठबन्धनमा रहेका सबैको समर्थन रहन्छ । उहाँको विजय निश्चित छ । अत्याधिक मतले विजय निश्चित छ ।’

    नेता सिटौलाले राष्ट्रपतिमा पौडेल अत्याधिक मतले विजयी हुने दाबी गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend