logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • लिभरपुल च्याम्पियन्स लिगको सेमिफाइनलमा

    लिभरपुल च्याम्पियन्स लिगको सेमिफाइनलमा

    6.3K
    Shares

    एजेन्सी । प्रिमियर लिग क्लब लिभरपुल च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको क्वाटरफाइनलको दोस्रो लेगमा पोर्चुगिज क्लब बेन्फिकासँग ३–३ गोलको बराबरी खेल्दै सेमिफाइनलमा स्थान बनाएको हो ।

    लिभरपुलले समग्रमा ६–४ को जित निकालेको हो । पहिलो लेगमा लिभरपुलले ३–१ को जित निकालेको थियो । घरेलु मैदानमा भएको दोस्रो लेगमा सिटीलाई जित दिलाउन रोबर्टो फिर्मिन्होले दुई गोल गरे । त्यस्तै इब्राहिम कोन्टेले एक गोल गरे । उता बेन्फिकाका लागि गोन्कालो रामोस, रोमन यारेमचुक र डार्विन नुनेजले एक–एक गोल गरे । अब लिभरपुलले सेमिफाइनलमा स्पेनिस क्लब भिल्लारियलसँग खेल्नेछ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend