logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • वामदेव गौतम भन्छन् – ‘नेपालको भौगर्भिक र भू–सतहको अध्ययन गर्न आवश्यक छ’

    वामदेव गौतम भन्छन् – ‘नेपालको भौगर्भिक र भू–सतहको अध्ययन गर्न आवश्यक छ’

    2.7K
    Shares
    वामदेव गौतम भन्छन् – ‘नेपालको भौगर्भिक र भू–सतहको अध्ययन गर्न आवश्यक छ’

    काठमडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नेपालको भौगर्भिक र भू–सतहको अध्ययन गर्नुपर्ने बताएका छन् ।

    आज (बिहीवार) राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य गौतमले नेपालको भौगर्भिक र भू–सतहको अध्ययन गर्नु आवश्यक रहेको बताएका हुन् ।

    उनले नेपालको भू–सतह चलायमान रहेको उल्लेख गर्दै भू–सतहको अध्ययन गरेर मात्रै जमिनको प्रयोग गर्नुपर्ने बताए । अध्ययन गरेर मात्रै कृषि उत्पादन गर्नुपर्नेमा पनि उनले जोड दिए ।

    उनले जथाभावि जमिनमा खनजोत गर्नु नहुने भन्दै जतिधेरै डोजरको प्रयोग गरिन्छ उति नै प्राकृतिक प्रकोपको खतरा रहेको उल्लेख गरे । गौतमले आगामी सोह्रौँ आवधिक योजनामा भौगर्भिक र भु–सतहको अध्ययन गर्ने विषय समेट्नुपर्ने पनि बताए ।

    उनले भने, ‘आजसम्म कुनैपनि योजनाले नेपालको भौगर्भिक र भू–सतहको अध्ययन गरेको पाइएन । के हो स्थिति हाम्रो ? अमेरिकामा जसरी फलाइन्छ यहाँ पनि त्यसैगरी फलाउन सकिन्छ, सकिँदैन ? भारतमा जसरी गर्न सकिन्छ नेपालमा सकिन्छ कि सकिँदैन ? भन्ने विषयमा ध्यान गएको पाइएन । हाम्रो देशको भू–सतह निरन्तर चलायमान अवस्थामा छ । संसारमा सबभन्दा पछि विकसित भएको भू–सतह हो हाम्रो । अरु ठाउँका जतिपनि प्लेटहरु छन्, त्यसमाथि जमिन छ । उनीहरु ५/६/१० अर्ब पहिले विकसित भएका छन् र हाम्रो देशको साढे ५ करोड वर्ष पहिलेको हो । यो भूकम्पको अवस्थामा पनि छ । यसलाई राम्ररी अध्ययन नगरीकन हामीले हाम्रो देशको पहाडको, ढुंगाको, माटोको प्रयोग ग¥यौँ भने हामी निरन्तर असफल हुँदै जान्छौँ । जनधनको क्षति व्यहोरिरहनुपर्ने अवस्था आउँछ । यो विषयमा योजना आयोगले ध्यान दिनुपर्छ । छलफल गर्नुपर्छ भन्ने मेरो विचार हो । भू–सतह निरन्तर चलायमान छ भने त हलो जोत्न, ट्याक्टर चलाउन, डोजर हिडाएर बाटो खन्नु भएन । जति त्यसो गर्नुहुन्छ, त्यत्तिकै महामारी आउँछ । बाढी, पहिरो आउँछ । यस सम्बन्धमा ध्यानै गएको छैन । यस पटक सोह्रौँ योजनामा यो समावेश गर्नुपर्छ ।’

    उनले नेपालमा उत्पादन भएका कृषि उपजको सही तरिकाले प्रयोग गर्न सके आत्मनिर्भर भइने बताए । नेपालमा उत्पादित खाद्यान्नको सही तरिकाले उत्पादन गर्न नसक्दा देश बाहिरबाट आयात गर्नुपर्ने अवस्था आएको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend