logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • Advertisment

    Sunaulo Nepal

    विद्यालय बन्द गरे ठाउँको ठाउँ कारबाही गर्ने काठमाडौँ महानगरको चेतावनी

    विद्यालय बन्द गरे ठाउँको ठाउँ कारबाही गर्ने काठमाडौँ महानगरको चेतावनी

    2.5K
    Shares
    विद्यालय बन्द गरे ठाउँको ठाउँ कारबाही गर्ने काठमाडौँ महानगरको चेतावनी

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आन्दोलनका लागि विद्यालय बन्द गरे ठाउँको ठाउँ कानुनी कारबाही गर्ने चेतावनी दिएको । महानगरले आज एक सूचना जारी गर्दै पठनपाठन बन्द गरी आन्दोलनमा जाने शिक्षकलाई कारबाही गरिने जनाएको हो ।
    “सामूहिक सौदाबाजीका माग राख्ने र पुरा गर्ने आफ्नै विधि, प्रक्रिया र पद्धति हुन्छन् । कोरोनाले प्रभावित भएको शिक्षा क्षेत्र सुधारोन्मुख रहेका बखत विद्यालय बन्द गरेर पुनः शैक्षिक क्षति गर्नु शिक्षकको नैतिकता र आचरणले दिँदैन ।” सूचनामा भनिएको छ ।
    विद्यालय बन्द गर्ने र गर्न बाध्य बनाएर विद्यार्थीको पढ्न पाउने अधिकार हनन् गर्नेलाई समेत कारबाही गर्ने महानगरको चेतावनी छ । विद्यालय शिक्षा विधेयकमा आफूहरुलाई विभेद गरिएको भन्दै देशभरका सामुदायिक विद्यालयका शिक्षक आन्दोलनमा छन् । विद्यालय बन्द नगर्न र विद्यार्थीको पढ्न पाउने हक अधिकार हनन् नगर्न महानगरले आफ्नो मातहतका विद्यालयका शिक्षकलाई आग्रह गरेको महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिनुभयो ।
    उहाँले भन्नुभयो, “विद्यालय बन्द गरेर विद्यार्थीको पढ्ने अधिकार हनन् गर्न पाइँदैन । विद्यालय खुल्छन् । महानगरपालिका मातहतका विद्यालय भोलि खुला हुन्छन ।”

    महानगरपालिकाले शिक्षा विभागलाई विद्यालय बन्द भएका खण्डमा आवश्यक अनुगमन गरेर कारबाही गर्न निर्देशन पनि दिएको छ । आन्दोलन गर्न पाउनु शिक्षकहरुको अधिकारको कुरा भएपनि आन्दोलनका नाममा विद्यालय नै बन्द गर्नु नहुने प्रवक्ता मानन्धरले बताउनुभयो ।
    यसअघि पनि काठमाडौँ महानगरपालिकाले शिक्षक कर्मचारीहरुलाई बन्द हडताल नगर्न चेतावनी दिँदै आएको थियो । विद्यालय शान्ति क्षेत्र भएकाले विद्यालयका शिक्षक कर्मचारी बन्द हडतालमा उत्रिएको खण्डमा सेवाबाट बर्खास्त गर्ने चेतावनी यसअघि पनि दिइएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend