logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • सर्लाही क्षेत्र नं ३ बाट एमालेका उप्रेती विजयी

    सर्लाही क्षेत्र नं ३ बाट एमालेका उप्रेती विजयी

    2.6K
    Shares
    सर्लाही क्षेत्र नं ३ बाट एमालेका उप्रेती विजयी

    काठमाडौं । सर्लाहीको क्षेत्र नं ३ बाट नेकपा (एमाले)का हरिप्रसाद उप्रेती प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । उनले नेकपा (माओवादी केन्द्र) का उम्मेदवार नरेन्द्र साहलाई सात सय ७० मतान्तरले पराजित गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय सर्लाहीले जनाएको छ ।

    उप्रेतीले ३२ हजार नौ सय ३८ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका साहले ३२ हजार एक सय ६८ मत पाए ।

    गत आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतपरिणामअनुसार जनमत पार्टीका उम्मेदवार त्रिभुवन सिंहले पाँच हजार पाँच सय १९ मत ल्याए । उप्रेती विसं २०७४ को निर्वाचनमा पनि यसै क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

    अब जिल्लाको निर्वाचन क्षेत्र नं २ प्रदेशसभा (२) र प्रतिनिधिसभा–२ को मतपरिणाम सार्वजनिक हुन बाँकी रहेको जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend