logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • सुनको भाउ अहिलेसम्मकै उच्च, चाँदीले पनि बनायो नयाँ रेकर्ड

    सुनको भाउ अहिलेसम्मकै उच्च, चाँदीले पनि बनायो नयाँ रेकर्ड

    4.9K
    Shares
    सुनको भाउ अहिलेसम्मकै उच्च, चाँदीले पनि बनायो नयाँ रेकर्ड

    काठमाडौं । सुनको मूल्यले डेढ महिना अगाडिको उच्च रेकर्ड उछिनेको छ । नेपाली बजारमा बिहीबार सुनको मूल्य अहिलेसम्मकै उच्च अर्थात् प्रतितोला १ लाख १३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    यसअघि गत जेठ १८ गते प्रतितोला १ लाख १३ हजार ३ सय रुपैयाँको उच्च मूल्य कायम भएको थियो । अघिल्लो दिनको तुलनामा बिहीबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले वृद्धि भएको हो ।

    अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै नेपाली बजारमा पनि त्यसको प्रभाव परेको महासंघले जनाएको छ । यद्यपि अन्तर्राष्ट्रिय बजारको तुलनामा नेपालमा सुनको मूल्य वृद्धिदर उच्च देखिएको छ । अर्थमन्त्री प्रकाशशरण महतले बजेटमार्फत सुनको भन्सार दर बढाएकाले नेपाली बजारमा सुनको मूल्य उच्च दरले वृद्धि भएको हो ।

    अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यले साढे २ महिनाअघिको रेकर्ड तोकेको छैन् भने नेपालमा यसअघिका सबै मूल्य रेकर्ड तोकिएका छन् । साढे २ महिनाअघि अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस २०५० डलर हाराहारी रहेको सुनको मूल्य २० दिनअघि १९ सय डलर हाराहारीमा पुगेको थियो। अहिले भने प्रतिऔंस १९८५ डलर हाराहारीमा कारोबार भइरहेको छ ।

    चाँदीको मूल्यले भने नेपाली बजारमा तीन दिनयता दैनिक उच्च मूल्यको कीर्तिमान कायम गरेकोे छ । मंगलबार प्रतितोला १४८० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १४९० रुपैयाँ पुग्यो भने बिहीबार १४९५ कायम भएको महासंघले बताएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend