
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक शुरु भएको छ । शुक्रबार बिहान संसद भवनस्थित ल्होत्से हलमा बैठक शुरु भएको हो ।
बैठकमा समसामयिक राजनीति, अध्यादेश ल्याएको बारेमा सरकारमा सहभागी मन्त्रीहरुले सांसदका प्रश्नको जवाफ दिने, संसदमा कसरी प्रश्तुत हुने भन्नेबारेमा सांसदहरुलाई प्रशिक्षण दिइनेछ ।
आजबाट संसदको हिउँदे अधिवेशन बोलाइएको छ । जसमा सरकारका काम कारबाहीबारे एकमत भएर आफ्ना आवाज उठाउनेबारेमा पनि प्रशिक्षण दिइनेछ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend