२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

युक्रेनमा सैन्य सहायता र रुसमाथि आर्थिक दबाव कायमै राख्ने युरोपको निर्णय, के छ चारबुँदे सहमति ?

सोमवार , फाल्गुण १९, २०८१

बीबीसी । बेलायतका प्रधानमन्त्री सर किअर स्टार्मरले युक्रेन युद्ध अन्त्य गर्न र उक्त युद्धग्रस्त देशलाई रुसी अतिक्रमणबाट जोगाउने भन्दै चारबुँदे योजना घोषणा गरेका छन्। उनले बेलायत , फ्रान्स र अन्य देशहरू पनि 'इच्छुकहरूको गठबन्धन'मा सहभागी हुने र युक्रेनको समर्थनमा अमेरिकालाई समेत सहभागी गराउन प्रयास गरिने बताएका छन्।

'हामी आज इतिहासको दोबाटोमा छौँ,' युरोपका १८ देशका नेताहरू सहभागी सम्मेलनपछि स्टार्मरले भने। उक्त सम्मेलनमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की पनि सहभागी भएका थिए।सम्मेलनपछि युक्रेनले 'बलियो साथ' पाएको महसुस गरेको र 'लामो समयदेखि नदेखिएको उच्च स्तरको युरोपेली एकता' देखिएको जेलेन्स्कीले बताए।

ह्वाइट हाउसमा युक्रेनी राष्ट्रपति र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पबीच चर्काचर्की भएको दुई दिनपछि लन्डनमा यो सम्मेलन आयोजना भएको थियो।

'साँच्चिकैको शान्ति र सुरक्षाको सुनिश्चितताका लागि युरोपमा हामी सबै मिलेर अमेरिकासँग पनि सहकार्यको आधार तयार गर्न काम गरिरहेका छौँ,' सम्मेलनपछि जेलेन्स्कीले भने।

चारबुँदे सहमतिमा के छ ?

सम्मेलनपछि पत्रकार सम्मेलनमा यूकेका प्रधानमन्त्री स्टार्मरले चारबुँदे सहमति भएको बताएका छन्।

- युक्रेनमा सैन्य सहायताको आपूर्ति जारी राख्ने र रुसमाथि आर्थिक दबाव कायमै राख्ने,

- दिगो शान्ति कायम गर्दा युक्रेनको सार्वभौमसत्ता तथा सुरक्षा सुनिश्चित गर्ने र युक्रेनलाई सबै शान्ति वार्तामा उपस्थित गराउने,

- शान्ति सम्झौता भएको अवस्थामा भविष्यमा युक्रेनमाथि हुनसक्ने कुनै पनि आक्रमणलाई रोक्न उसको रक्षा क्षमता बढाउने,

- युक्रेनबारे सम्झौताको पक्ष लिन र त्यसपछि शान्तिको सुनिश्चितता गर्न इच्छुकहरूको गठबन्धन विकास गर्ने

स्टार्मरले थप १.६ अर्ब पाउन्ड सहयोगको घोषणा पनि गरेका छन्। यूकेको निर्यातबाट आर्जित रकमबाट दिइने उक्त सहयोग युक्रेनले हवाई प्रतिरक्षा क्षेप्यास्त्र खरिदमा खर्च गर्ने छ।

यो सहयोग यसअघि घोषणा गरिएको २.२६ अर्ब पाउन्ड स्टर्लिङको ऋण सहमतिभन्दा फरक हो। यसअघि स्टार्मरले रोक्का गरिएका रुसी सम्पत्तिको नाफाबाट युक्रेनी सैन्य सामग्रीका उक्त ऋण दिने घोषणा गरेका थिए।

'हामीले विगतका गल्तीहरूबाट सिक्नुपर्छ। हामी सहजै भंग हुनसक्ने कमजोर सम्झौता स्वीकार गर्दैनौँ। कुनै पनि सम्झौता बलियो समर्थन आवश्यक छ,' उनले भने।

गठबन्धनमा कुन-कुन देश सहभागी हुँदै छन्

यूकेका प्रधानमन्त्रीले युक्रेनलाई सहयोग गर्न इच्छुक देशहरुको गठबन्धनमा सहभागी हुन सहमति जनाएका देशहरुबारे खुलाएका छैनन्।

उनले यसमा प्रतिबद्धता जनाएका देशहरुले वास्तविक तत्कालीन आवश्यकताका आधारमा योजनालाई तीव्र बनाउने बताए।

उनले यूकेले 'जमिनमा बुटहरू र आकाशमा विमानहरु' सहित आफ्नो प्रतिबद्धता दर्शाउने बताएका छन्।

'युरोपले बोझ उठाउनुपर्छ,' उनले भने। उनका अनुसार यो सहमतिमा अमेरिकी समर्थन आवश्यक पर्छ र रुसलाई पनि यसमा सहभागी गराइने छ। तर मस्कोले यसका सर्तहरू हेरफेर गर्न पाउँदैन।

'मलाई प्रस्ट पार्न दिनुहोस् । स्थायी शान्तिको तत्कालीन आवश्यकतामा हामी ट्रम्पसँग सहमत छौँ। अब हामी सँगसँगै मिलेर त्यो स्थापित गर्नुपर्छ,' स्टार्मरले भने।

ट्रम्पको नेतृत्वमा अमेरिका विश्वासयोग्य सहयोगी देश भए नभएकोबारे सोधिएको प्रश्नमा उनले भने, 'गत शुक्रबार जे भयो त्यो कसैले देख्न चाहेको थिएन। अमेरिका अविश्वसनीय सहयोगी भएको मलाई लाग्दैन।'

सम्मेलनमा फ्रान्स, पोल्यान्ड, स्वीडन, टर्की, नर्वे, चेक रिपब्लिक, डेनमार्क, जर्मनी, द नेदरल्यान्ड्स, रुमेनिआ, फिनल्यान्ड, इटली, स्पेन र क्यानडा सहभागी थिए।

युरोपेली आयोगकी प्रमुख उर्जुला फोन डेर लायनले 'युरोपलाई पुन: अस्त्रयुक्त' बनाउनु अत्यावश्यक भएको बताइन्।

नेटो महासचिव मार्क रुटको पनि यस्तै भावनाको टिप्पणी छ। उनले युरोपेली देशहरु 'लडाइँ जारी रहँदासम्म लड्न चाहिने कुराहरूको लागि' युरोपेली देशहरु 'अघि सरेको' बैठकमा देखिएको बताए।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट