२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

बीवाइडी विद्युतीय सवारीसाधन आयात सम्बन्धमा साइमेक्स इंकको ध्यानाकर्षण, दियो तथ्यगत स्पष्टिकरण

बिहिवार , जेठ २१, २०८३

काठमाडौं । साइमेक्स इंकले आर्थिक वर्ष २०८३–८४ को बजेट सार्वजनिक हुनुअघि नेपाल भित्रिएका तथा भन्सार जाँचपास भएका विद्युतीय सवारी साधन सम्बन्धमा विभिन्न सञ्चार माध्यम तथा सार्वजनिक वृत्तमा भएका चासोप्रति ध्यानाकर्षण भएको जनाएको छ । 

नेपालमा बीवाईडीका सवारीसाधनको आधिकारिक वितरकका रूपमा साइमेक्स इंक यस विषयमा विभिन्न तथ्यहरु स्पष्ट पार्दै कम्पनीले कानुनको पालना, पारदर्शिता तथा नैतिक व्यवसायिक अभ्यासप्रतिको आफ्नो अटल प्रतिबद्धता व्यक्त गरेको छ । 

1.jpg

2.jpg

यसका अतिरिक्त, २२६ वटा सवारीसाधन चीनतर्फको भन्सार क्षेत्रमा आइपुगेका भए पनि हालसम्म भन्सार जाँचपास प्रक्रिया सम्पन्न नभएको कम्पनीले जनाएको छ ।

कम्पनीले विज्ञप्तिमा भनेको छ, ‘हाल विभिन्न सञ्चारमाध्यममा उल्लेख गरिएका सवारीसाधनहरू नेपाल सरकारका प्रचलित कानुन, भन्सारसम्बन्धी नियमावली तथा प्रक्रियाअनुसार पूर्ण रूपमा आयात तथा जाँचपास गरिएका हुन्। साइमेक्स इंकले कुनै पनि चरणमा विशेष सुविधा, प्राथमिकता प्राप्त प्रक्रिया वा अनधिकृत भन्सार व्यवस्थाबाट लाभ लिएको छैन, न त त्यस्तो कुनै व्यवस्थाका लागि अनुरोध गरेको वा प्राप्त गरेको छ।’

ग्राहकबाट पहिले नै बुकिङ सुनिश्चित भइसकेका कारण ती बुकिङ पुरा गर्न तथा नेपालमा विद्युतीय सवारीसाधनको बढ्दो माग सम्बोधन गर्न यी सवारी साधन आयात गरिएको कम्पनीले जनाको छ । 

‘यी सम्पूर्ण आयात कार्यहरू बीवाईडीको उत्पादन तालिका, ढुवानी उपलब्धता, नियमित व्यावसायिक योजना, तथा यातायात र ढुवानी व्यवस्थापनसम्बन्धी चुनौतीहरूलाई ध्यानमा राखेर सम्पन्न गरिएका हुन्। सम्पूर्ण आयात तथा भन्सार प्रक्रिया नेपालका प्रचलित कानुन तथा नियामकीय व्यवस्थाअनुसार नै सम्पन्न गरिएको हो। साइमेक्स इंकले सरकारी निकायसँग समन्वय गरी कर परिवर्तनबाट बच्न खोजेको वा कुनै अनुचित लाभ लिएको भन्ने आरोप पूर्णतः निराधार, असत्य तथा कम्पनीको प्रतिष्ठामा आघात पुर्‍याउने खालका हुन्’, कम्पनीले भनेको छ । 

साइमेक्स इंकले आफ्ना आयातसम्बन्धी सम्पूर्ण गतिविधिहरू नियमित व्यावसायिक आवश्यकता, मौज्दात व्यवस्थापन, ढुवानी तालिका तथा प्रचलित कानुनका आधारमा योजना बनाई सञ्चालन गरिने बताएको छ ।

साइमेक्स इंक कुनै पनि वैधानिक अनुसन्धान वा छानबिनलाई स्वागत गर्न र सत्यतथ्य स्थापित गर्न आवश्यक सम्पूर्ण कागजातहरू, आयात सम्बन्धी रेकर्ड, भन्सार घोषणा विवरण, ढुवानी अभिलेख, सीमा प्रवेशसम्बन्धी कागजात, भुक्तानी विवरण तथा जाँचपास स्वीकृतिसम्बन्धी दस्तावेजहरू सम्बन्धित निकायलाई उपलब्ध गराउन पूर्ण रूपमा तयार रहेको पनि कम्पनीले जनाएको छ ।

जिम्मेवारीपूर्ण समाचार सम्प्रेषणका लागि अनुरोध

कम्पनीले सञ्चारमाध्यम तथा सरोकारवाला सबै पक्षलाई आधिकारिक अभिलेख तथा सम्बन्धित निकायबाट तथ्य पुष्टि नगरी निष्कर्षमा नपुग्न तथा सार्वजनिक भ्रम सिर्जना गर्ने वा वैधानिक रूपमा सञ्चालन भइरहेका व्यवसायहरूको प्रतिष्ठामा अनुचित क्षति पुर्याउने खालका आरोप वा सामग्री प्रकाशन नगर्न अनुरोध गरेको छ।

नेपालको वातावरणीय लक्ष्य प्राप्ति, इन्धन आयातमा कमी तथा दिगो यातायातको पहुँच विस्तार गर्न इलेक्ट्रिक मोबिलिटी सेक्टरले महत्वपूर्ण योगदान पुर्याउँदै आएको कम्पनीको भनाई छ । यस क्षेत्रमा सार्वजनिक विश्वास कायम राख्न तथ्यमा आधारित समाचार सम्प्रेषण तथा जिम्मेवारीपूर्ण सार्वजनिक बहस आवश्यक रहेको पनि कम्पनीले जनाएको छ ।

नेपालप्रतिको प्रतिबद्धता

साइमेक्स इंकले विगत धेरै वर्षदेखि नेपालको अटोमोटिभ तथा क्लिन इनर्जी रूपान्तरणको यात्रामा विश्वासिलो साझेदारका रूपमा योगदान दिँदै आएको छ। ‘हामी इमान्दारिता, कानुनको पालना, पारदर्शिता तथा जवाफदेहिताका साथ नेपाली उपभोक्ताको सेवा गर्न निरन्तर प्रतिबद्ध छौं। सम्बन्धित निकायहरूद्वारा भइरहेको अध्ययन तथा समीक्षा प्रक्रियाले यस विषयमा स्पष्टता ल्याउने र हाल सार्वजनिक रूपमा फैलाइएका भ्रम तथा गलत सूचनाहरूको अन्त्य गर्नेमा हामी विश्वस्त छौं’ कम्पनीले भनेको छ । 

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट