काठमाडौं । हाेटल तथा पर्यटन क्षेत्रका एक दर्जन भन्दा बढी कम्पनीले आइपीओ ल्याउन प्रकृया अघि बढाएका छन् ।
पछिल्लो समय नेपालमा आन्तरिक तथा बाह्य पर्यटकीय गतिविधि र होटल व्यवसायमा उत्साह थपिएसँगै यस क्षेत्रका कम्पनीहरूको आकर्षण धितोपत्र बजारमा निकै बढेको छ ।
बोर्डको पाइपलाइनमा अहिले होटल तथा पर्यटन क्षेत्रका हाल १८ वटा कम्पनीहरू छन् । यी कम्पनीहरूले कुल ६ अर्ब ४५ करोड १३ लाख ९३ हजार रुपैयाँ बराबरको ५ करोड ८२ लाख १३ हजार ९३० कित्ता आईपीओ जारी गर्न आवेदन दिएका छन् ।
यस क्षेत्रमा सबैभन्दा ठूलो सार्वजनिक निष्कासन श्री एयरलाइन्स लिमिटेडको रहेको छ, जसले प्रति कित्ता १०० रुपैयाँ प्रिमियम थपेर २०० रुपैयाँका दरले १ अर्ब २६ करोड रुपैयाँ बराबरको ६३ लाख कित्ता सेयर निष्कासन गर्दैछ ।
अन्नपूर्ण केबलकारमा ४३ लाख ८० हजार कित्ता शेयर ४३ करोड ८० लाख रुपैयाँ बराबरकाे सेयर निष्कासनका लागि तयारी गरिरहेकाे छ ।
आकामा होटलले ४२ करोड ५८ लाख रुपैयाँ बराबरकाे ४२ लाख ८५हजार कित्ता सेयर निष्कासनका लागि तयारी गरिरहेकाे छ ।
एसियन होटलले ४२ करोड रुपैयाँकाे ४२ लाख कित्ता सेयर निष्कासनका लागि तयारी गरिरहेकाे छ ।
त्यस्तै माउन्टेन ग्लोरीमा ४० करोड रुपैयाँ, वर्णवास म्युजियम होटलमा ३९ करोड ६० लाख रुपैयाँ, स्वर्णिम होटलमा ३८ करोड रुपैयाँ तथा होटल सबिनामा ४७ करोड ४ लाख रुपैयाँ बराबरको प्रवर्द्धक शेयर रहेको तथ्यांकमा उल्लेख छ।
यस सूचीमा र्याप्सेक हस्पिटालिटी, ठमेल प्लाजा होटल, मौलाकाली केबलकार, नगरकोट रिसोर्ट, होटल इच्छा, अतिथि रिसोर्ट, होटल पार्क प्लाजा, बुढानीलकण्ठ हेरिटेज, डोलेश्वर भिलेज रिसोर्ट र केटिएम हस्पिटालिटी लगायतका कम्पनी पनि समावेश छन्।
त्यस्तै, आइपीओको तयारीमा लागेका तर कम नेटवर्थ भएका कम्पनीहरुलाई सुधार्न धितोपत्र बोर्डले सचेत गरापछि उनीहरुले सुधारेर पुन आवेदन दिएका छन् । पुनः आवेदन दिनेमा अन्नपूर्ण केबलकार र ठमेल प्लाजा होटल एण्ड सुइट्स छन् ।
धिताेपत्र बाेर्डका अनुसार उनीहरुको प्रतिसेयर नेटवर्थ ९० रुपैयाँभन्दा माथि पुगेपछि नयाँ विवरणसहित पुनः आवेदन र अनुपालन प्रतिवेदन बुझाएका छन् ।
त्यस्तै अकामा होटल लिमिटेडले कुल पूँजीको २०% सेयर जारी गर्ने गरी आवेदन गरेको छ । त्यसैगरी वर्णबास म्युजियम होटल लिमिटेडले पनि आफ्नो कुल जारी पूँजीको ३६% सम्म सेयर बिक्री गर्ने गरी परिमार्जित विवरण बुझाएको छ ।
त्यस्तै डोलेश्वर भिलेज रिसोर्ट र केटीएम हस्पिटालिटी लिमिटेडले आवश्यक प्रक्रिया पूरा गरी बोर्डमा आवेदन दर्ता गराएका छन् ।
आइपीओका लागि निवेदन दिएका कम्पनीहरु
| कम्पनीको नाम |
सेयर संख्या (कित्ता) |
कुल रकम (रु.) |
| एपेक्स हस्पिटालिटी लिमिटेड |
२२,५०,००० |
२२,५०,००,००० |
| अन्नपूर्ण केबलकार लिमिटेड |
४३,४०,००० |
४३,४०,००,००० |
| अकामा होटल लिमिटेड |
४२,८५,८०० |
४२,८५,८०,००० |
| ठमेल प्लाजा होटल एण्ड सुइट्स (रामाडा इन्कोर) |
२२,५०,००० |
२२,५०,००,००० |
| वर्णबास म्युजियम होटल लिमिटेड |
३९,६०,००० |
३९,६०,००,००० |
| माउन्टेन ग्लोरी लिमिटेड |
४०,००,००० |
४०,००,००,००० |
| मौलाकाली केबलकार लिमिटेड |
१८,७९,१३० |
१८,७९,१३,००० |
| नगरकोट रिसोर्ट लिमिटेड |
१५,००,००० |
१५,००,००,००० |
| होटल सब्रिना लिमिटेड |
४७,०४,००० |
४७,०४,००,००० |
| स्वर्णिम होटल लिमिटेड (होलिडे इन एक्सप्रेस) |
३८,००,००० |
३८,००,००,००० |
| श्री एयरलाइन्स लिमिटेड |
६३,००,००० |
१,२६,००,००,००० |
| होटल इच्छा लिमिटेड |
३५,००,००० |
३५,००,००,००० |
| अतिथि रिसोर्ट एण्ड स्पा लिमिटेड |
१६,२५,००० |
१६,२५,००,००० |
| एशियन होटल लिमिटेड |
४२,००,००० |
४२,००,००,००० |
| होटल पार्क ल्याण्ड लिमिटेड |
१५,००,००० |
१५,००,००,००० |
| बूढानीलकण्ठ हेरिटेज लिमिटेड |
४९,५०,००० |
४९,५०,००,००० |
| डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउस |
१६,२०,००० |
१६,२०,००,००० |
| केटीएम हस्पिटालिटी लिमिटेड |
१५,५०,००० |
१५,५०,००,००० |
| कुल जम्मा |
५,८२,१३,९३० |
६,४५,१३,९३,००० |
| |
|
|
प्रतिक्रिया दिनुहोस