२०८३, आषाढ ३२ गते

बिहिवार, आषाढ ३२ गते २०८३

राष्ट्र बैंकद्वारा एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

बुधवार , आषाढ ३१, २०८३

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु एक खर्ब बराबरको निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान गरेको छ ।

केन्द्रीय बैंकले आज सूचना जारी गर्दै निक्षेप सङ्कलनका लागि बोलकबोल जारी गरेको हो । 

सूचनाअनुसार नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र बोलकबोलमा सहभागी हुन पाउनेछन् । 

बोलकबोल गर्दा निक्षेप गर्न चाहेको रकम र प्रस्तावित ब्याजदर (दशमलवपछिका चार अंकसम्म) उल्लेख गर्नुपर्नेछ । घटीमा रु १० करोड र बढीमा रु पाँच करोडले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान गरिएको रकमसम्म बोलकबोल गर्न सकिने  छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट