काठमाडौं । नेपालका लागि होन्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रा.लि. ले ग्राहकवर्गको सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै होन्डाका पुराना मोडेलहरूको SRS Airbag Inflator मा देखिन सक्ने सम्भावित जोखिमलाई समाधान गर्न ‘निःशुल्क सेफ्टी रिकोल अभियान’ सञ्चालन गरिरहेको छ।
यस अभियानअन्तर्गत सन् २००१ देखि २०१४ सम्म निर्माण भएका होन्डाका विभिन्न मोडेलहरू प्रभावित रहेका छन्।
प्रभावित मोडेलहरूमा City, Civic, CR-V, Jazz, Insight, Stream र Accord पर्दछन्। कम्पनीका अनुसार ग्राहकहरूले आफ्नो गाडी यस रिकोल अभियानमा पर्छ वा पर्दैन भन्ने कुरा होन्डाको आधिकारिक वेबसाइटमा गएर आफैं पनि जाँच गर्न सक्नेछन्।
यस अभियानअन्तर्गत प्रभावित गाडीहरूको एयरब्याग परीक्षण तथा आवश्यक मर्मत वा Inflator परिवर्तन पूर्ण रूपमा निःशुल्क गरिनेछ। यसका लागि ग्राहकहरूले कुनै पनि शुल्क तिर्नुनपर्ने कम्पनीले जनाएको छ।
सम्भावित जोखिमबाट बच्न तथा सुरक्षित यात्रा सुनिश्चित गर्न कम्पनीले ग्राहकहरूलाई आफ्नो नजिकको होन्डाको आधिकारिक सर्भिस सेन्टरमा सम्पर्क गरी गाडीको एयरब्याग परीक्षण गराउन अनुरोध गरेको छ।
कम्पनीका अनुसार सर्भिस बुकिङ तथा थप जानकारीका लागि ग्राहकहरूले तल उल्लेखित नम्बरहरूमा सिधै फोन गर्न वा इमेलमार्फत सम्पर्क गर्न सक्नेछन्।
विस्तृत जानकारीका लागि स्याकार ट्रेडिङ कम्पनी प्रा.लि. (होन्डा कार सर्भिस सेन्टर) धोबीघाट, ललितपुरमा सम्पर्क गर्न सकिने पनि कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस