२०८३, श्रावण २ गते

शनिवार, श्रावण २ गते २०८३

मनोनीत पदाधिकारी टुंगो नलाग्दै रास्वपाले अपडेट गर्‍यो केन्द्रीय नेतृत्वको वरियताक्रम

बिहिवार , आषाढ ३२, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय पदाधिकारी र सदस्यहरूको मनोनीत प्रक्रिया पूरा नहुँदै आफ्नो आधिकारिक वेबसाइट अपडेट गर्दै चितवनमा सम्पन्न पहिलो राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय नेतृत्वको वरियताक्रम सार्वजनिक गरेको छ ।

महाधिवेशन सम्पन्न भएको एक महिना पुरा हुनै लाग्दा पनि केन्द्रीय पदाधिकारी र सदस्यहरूको मनोनीत प्रक्रिया भने टुंगिएको छैन । सुरुमा मनोनीत र निर्वाचित सबैलाई एकैपटक शपथ गराउने तयारी भए पनि शीर्ष नेताबीच सहमति जुट्न नसक्दा मनोनीत प्रक्रिया पछि धकेलिएको हो ।

मनोनीत प्रक्रिया लम्बिने देखिएपछि हालका लागि निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको नाम मात्रै वेबसाइटमा राखिएको रास्वपाका एक केन्द्रीय सदस्यले बताए ।

‘मनोनीत कहिले हुन्छ भन्ने टुंगो छैन, वेबसाइटमा पुरानै पदाधिकारी राखिराख्दा राम्रो सन्देश जाँदैन भन्ने ठानेर अहिले निर्वाचितहरूको विवरण मात्रै अपडेट गरेका हौं ।’ ती नेताले भने ।

मनोनीत प्रक्रिया पूरा नभएकाले यसअघि वरिष्ठ नेताको भूमिकामा रहेका प्रधानमन्त्री बालेन्द्र शाह हाल सार्वजनिक गरिएको सूचीमा समावेश छैनन् ।

वेबसाइटमा सार्वजनिक गरिएको वरियताक्रमअनुसार केन्द्रीय सदस्यतर्फ पहिलो नम्बरमा परराष्ट्रमन्त्री शिशिर खनाल रहेका छन् ।
त्यसपछि क्रमशः सागर ढकाल, तोसिमा कार्की, रञ्जु दर्शन र मनीष झा छन् । यसअघि महामन्त्री रहेका कबिन्द्र बुर्लाकोटी त्यसपछिको वरियतामा छन् भने पूर्वकोषाध्यक्ष लिमा अधिकारी ३३औँ स्थानमा परेकी छन् । 
सूचीको अन्तिम वरियतामा प्रकाश न्यौपाने रहेका छन् । प्रदेश सभापतिहरूलाई पनि केन्द्रीय सदस्यकै सूचीमा समावेश गरिएको छ । प्रदेश सभापतिहरु पदेन केन्द्रीय सदस्य हुने रास्वपाको विद्यानमा व्यवस्था गरिएको छ ।

रास्वपामा अझै एक वरिष्ठ नेता, एक उपसभापतिसहित ११ जना पदाधिकारी र ५१ जना केन्द्रीय सदस्य मनोनीत हुन बाँकी छन्। ती पदाधिकारी मनोनीत भएपछि हाल सार्वजनिक गरिएको केन्द्रीय सदस्यहरूको वरियताक्रममा समेत फेरबदल हुने अवस्था रहनेछ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट