बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई दिँदै आएको सबै सैन्य सहायता रोक्का गर्न आदेश दिएका छन् ।
ह्वाइट हाउसस्थित ओभल अफिसमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र ट्रम्पबीच चर्काचर्की भएको केही दिनपछि अमेरिकाले यस्तो निर्णय गरेको हो।
रुससँग जारी युक्रेन युद्ध हल गर्नमा आफूहरूको सैन्य सहायताले योगदान पुर्याइरहेको छ वा छैन भन्ने कुराको समीक्षा गरिने अमेरिकी अधिकारीहरूले जनाएका छन्।
अमेरिका युक्रेनलाई सबैभन्दा धेरै सैन्य सहायता उपलब्ध गराउने देश हो।
उसले रुसविरुद्धको युद्धमा युक्रेनलाई हवाई प्रतिरक्षा क्षेप्यास्त्रसहित महत्त्वपूर्ण अस्त्रहरू प्रदान गर्दै आएको थियो।
प्रतिक्रिया दिनुहोस