२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

युएसएआईडीका ८३ प्रतिशत कार्यक्रम रद्द गर्दै अमेरिका

सोमवार , फाल्गुण २६, २०८१

वासिङ्टन, एएफपी । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सोमबार अमेरिकाले अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआईडी) का ८३ प्रतिशत कार्यक्रमहरू रद्द गरिरहेको बताएका छन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरीमा एक कार्यकारी आदेशमा हस्ताक्षर गरे, जसमा उनको प्रशासनलाई विदेशमा खर्चको मूल्याँकन गर्न समय दिनको लागि सबै अमेरिकी वैदेशिक सहायता रोक्न माग गरिएको थियो ।

“छ हप्ताको समीक्षा पछि, हामी आधिकारिक रूपमा युएसएआईडीका ८३ प्रतिशत कार्यक्रम रद्द गर्दैछौं,” रुबियोले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा उल्लेख गरेका छन् ।

“अहिले रद्द गरिएका पाँच हजार २ सय सम्झौतामा अरबौं डलर खर्च गरिएको थियो, जुन संयुक्त राज्यको मूल राष्ट्रिय हितहरूसँग मेल खाँदैन र केही अवस्थामा पनि हानि पुर्याएको थियो ।”

“युएसएआईडीले विश्वभर अमेरिकी मानवीय सहायता प्रदान गर्दछ । लगभग १ सय २० देशहरूमा स्वास्थ्य र आपतकालीन कार्यक्रमहरू सञ्चालन गर्दछ ।”

रुबियोले सोमबार विशेष गरी सरकारी विभागहरूमा लागत कटौती र रोजगार कटौती गर्ने अभियानमा अरबपति एलोन मस्कको नेतृत्वमा रहेको सरकारी दक्षता विभाग (डिओजिई) लाई धन्यवाद दिए ।

ट्रम्प र उनका सहयोगीहरूले विदेशी सहयोग बेकार भएको र अमेरिकी हितमा नरहेको तर्क गरेका छन् । साथै, सहायता कटौतीले कमजोर मानिसहरूको जीवन जोखिममा पार्न सक्ने सहायता समूहहरूले तर्क गरेका छन् ।

सम्बन्धित समाचार

युएसएआईडीले १ हजार ६ सय कर्मचारी बर्खास्त गर्ने

४३ डलर बजेट व्यवस्थापन गर्ने विकास एजेन्सी युएसएआइडी बन्द गर्दै ट्रम्प

‘युएसएआइडी’ले स्रोत बेहोर्ने चार परियोजनाको काम रोक्न अर्थ मन्त्रालयको निर्देशन

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट