२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

धादिङ बस दुर्घटना अपडेट: १८ जनाको मृत्यु, २८ घाइते

सोमवार , फाल्गुण ११, २०८२

धादिङ। पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुवाहक बस धादिङको बेनीघाट रोराङ गाउँपालिकामा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १८ पुगेको छ । सोमबार बिहान करिब १ः१५ बजे ग २ ख १४२१ नम्बरको बस पृथ्वी लोकमार्गको चरौदी नजिकै रहेको चाइनाधाराबाट त्रिशूली नदीमा खसेको हो ।

जिल्ला ट्राफिक कार्यालय धादिङका प्रमुख शिशिर थापाका अनुसार दुर्घटनामा हालसम्म १८ जनाको ज्यान गइसकेको पुष्टि भएको छ । बसमा ४६ यात्रु सवार रहेको अनुमान गरिएको छ ।

दुर्घटनामा घाइते भएका २५ जनालाई राजमार्ग उद्धार व्यवस्थापन समितिको समन्वयमा उपचारका लागि नजिकका अस्पतालहरूमा पठाइएको छ । राजमार्ग उद्धार व्यवस्थापन समितिका अध्यक्ष राजकुमार ठकुरीले घाइतेहरूको उद्धार कार्यलाई तीव्रता दिइएको जानकारी दिए ।

घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोली स्थानीयवासीसँग मिलेर उद्धारमा खटिएका छन् । दुर्घटना मध्यरातमा भएको र भौगोलिक विकटताका कारण उद्धार कार्यमा केही कठिनाइ भइरहेको सुरक्षा निकायले जनाएको छ ।

दुर्घटनाको विस्तृत विवरण र मृतकहरूको पहिचान खुल्न अझै बाँकी छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट