काठमाडौं । धादिङमा मध्यराति भएको भीषण बस दुर्घटनाप्रति नेपाली कांग्रेसका सभापति गगन थापाले दुःख व्यक्त गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत सन्देश जारी गर्दै उनले उक्त घटनाको खबरले आफू अत्यन्तै मर्माहत भएको बताएका छन् ।
सभापति थापाले दुर्घटनामा ज्यान गुमाएका दिवङ्गतहरूको आत्माको चिरशान्तिको कामना गर्दै शोकमा डुबेका परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका छन् । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् ।
पोखराबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस धादिङमा दुर्घटनामा पर्दा १७ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन्। आज बिहान करिब १ः३० बजे ग १ ख १४२१ नम्बरको बस धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैँसीगौडास्थित पृथ्वी लोकमार्गबाट त्रिशूली नदीमा खसेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस