२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

रौतहटको सबगढामा शान्ति सद्भाव र्‍यालीः गौरमा आजदेखि कर्फ्यु हट्यो

सोमवार , फाल्गुण ११, २०८२

रौतहट । दुई समुदायबीचको विवादले केही दिनदेखि अशान्त बनेको रौतहटको गौरमा स्थिति सामान्य बन्दै गएको छ । नागरिक समाजको अगुवाइमा आज गौर–६ सबगढामा शान्ति र सामाजिक सद्भाव कायम राख्ने उद्देश्यले र्‍याली निकालिएको छ ।

सबगढाको मुख्य सडकबाट सुरु भएको र्‍यालीले तनाव प्रभावित क्षेत्रहरूको परिक्रमा गरेको थियो । गाउँमा आपसी भाइचारा र शान्ति पुनर्स्थापित गर्न निकालिएको उक्त र्‍यालीमा राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजका अगुवा, स्थानीय बासिन्दा र प्रशासनको समेत सहभागिता रहेको थियो ।

दुई पक्षबीचको तनाव बढ्दै गएपछि स्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालयले केही दिनदेखि कर्फ्यु जारी गरेको थियो । तर, अवस्था बिस्तारै सामान्य हुन थालेपछि आज बिहान ६ बजेदेखि कर्फ्यु पूर्ण रूपमा हटाइएको छ ।

कर्फ्यु हटेसँगै गौर क्षेत्रको जनजीवन पुनः सामान्य लयमा फर्कन थालेको छ । स्थानीय प्रशासनले सबैलाई संयमित रहन र साम्प्रदायिक सद्भाव बिगार्ने खालका गतिविधि नगर्न समेत अपिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट