२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

नेकपाबाट धादिङ -१ का उम्मेदवार राजेन्द्र पाण्डेद्वारा बस दुर्घटनास्थलको स्थलगत अनुगमन

सोमवार , फाल्गुण ११, २०८२

धादिङ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा धादिङ क्षेत्र नम्बर–१ का उम्मेदवार राजेन्द्र पाण्डेले धादिङस्थित भैंसिगाौडा बस दुर्घटनास्थलको स्थलगत अनुगमन गरेका छन् ।

पृथ्वी राजमार्ग अन्तर्गत बेनिघाट रोराङ्ग–५ भैंसिगौडास्थित रोराङमा बस दुर्घटना हुँदा १९ जनाको ज्यान गएको थियो । दुर्घटनाको खबर पाए लगत्तै पाण्डे उक्त स्थानमा पुगेर घटनाको स्थलगत जानकारी लिएका हुन् ।

गएराति पोखराबाट काठमाडौँ आउँदै गरेको ग १ ख १४२१ नम्बरको यात्रुवाहक बस दुर्घटना स्थलमा पुगेर पाण्डेले त्यहाँ कार्यरत नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय उद्धारकर्ताहरूसँग घटनाको स्थलगत जानकारी लिएका हुन् ।

पाण्डेले घटनाको स्थलगत जानकारी लिँदै उद्धार तथा उपचार कार्यलाई तीव्र र प्रभावकारी बनाउन समन्वय गरेका छन् । घाइते यात्रुमध्ये २२ जनालाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट