२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

यी हुन् उदयपुर बस दुर्घटनाका १५ जना घाइते

सोमवार , फाल्गुण ११, २०८२

उदयपुर । मदन भण्डारी सडक मार्गस्थित उदयपुरको उदयपुरगढी गाउँपालिका–७ अँधेरीमा बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।

कटारीबाट गाईघाटतर्फ आउँदै गरेको बा२ख, ६२५७ नम्बरको ओखलढुङ्गे डिलक्स बस उदयपुरगढीको अँधेरीको गोलाइमा अनियन्त्रित भई सडकबाट तर खसेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक निरञ्जन थापाले बताए ।

दुर्घटनामा घाइते हुनेहरुमा कटारी नगरपालिका–६ की ६० वर्षीया सोममाया परियार, ताप्ली गाउँपालिकाकी २० वर्षीया मोनिका मगर, ताप्लीकै १९ वर्षीया पवित्रा श्रेष्ठ, ७८ वर्षीय दलबहादुर तामाङ, १५ वर्षीय प्रेम तामाङ र १४ वर्षीय सुजन तामाङ तथा कटारीका २५ वर्षीय अनिल चौधरी रहेका छन् ।

यस्तै अन्य घाइतेमा त्रियुगा नगरपालिका–१२ की २१ वर्षीया रेविका बस्नेत र २० वर्षीया रेस्मा बस्नेत, उदयपुरगढी गाउँपालिकाका १० वर्षीय दिवश तामाङ रहेका छन् ।

घाइतेमध्ये ६ जनालाई थप उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल लगिएको छ भने बाँकीको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट