२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

जेष्ठ वर्ण महाविहार संरक्षण परियोजनाले पायो युनेस्कोको ‘अवार्ड अफ मेरिट’

बिहिवार , फाल्गुण १४, २०८२

काठमाडौं । ललितपुरस्थित जेष्ठ वर्ण महाविहार संरक्षण परियोजनाले युनेस्कोले घोषणा गरेको सन् २०२५ को एशिया-प्रशान्त सांस्कृतिक सम्पदा संरक्षण अवार्डअन्तर्गत ‘अवार्ड अफ मेरिट’ प्राप्त गरेको छ ।

सन् २०२६ फेब्रुअरीमा सार्वजनिक नतिजाअनुसार परियोजनालाई संरक्षण उत्कृष्टता र दिगो दृष्टिकोणका लागि सम्मान गरिएको हो ।

उक्त परियोजना सन् २०१७ अगस्टमा ललितपुरमा कार्यान्वयन हुने सातवटा आयोजनामध्ये एकका रूपमा छनोट गरिएको थियो । यो योजना नेपालका सांस्कृतिक सम्पदा क्षेत्रमा भूकम्पपछिको पुनर्निर्माणका लागि भारत सरकारको अनुदान सहयोगअन्तर्गत समावेश गरिएको थियो ।

परियोजना नेपाल सरकारअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन तथा आवास)ले कार्यान्वयन गरेको हो । सन् २०२१ मार्चमा १३ करोड ७८ लाख रुपैयाँ लागतमा ठेक्का सम्झौता गरिएको थियो ।

भारत सरकारद्वारा सन् २०१९ डिसेम्बरमा Indian National Trust for Arts and Cultural Heritage लाई परियोजना व्यवस्थापन परामर्शदाता नियुक्त गरिएको थियो । इन्ट्याकले संरक्षण तथा निर्माण कार्यको प्रत्यक्ष अनुगमन गरेको जनाएको छ ।

परियोजनाअन्तर्गत ऐतिहासिक मन्दिर र सत्तलहरूलाई मौलिक स्वरूप र संरचनागत बनोटअनुसार पुनर्निर्माण गरिएको छ । संरचनालाई भूकम्पप्रतिरोधी बनाइएको छ भने ऐतिहासिक काठका कलाकृति, ढुंगाका मूर्ति तथा मन्दिर प्रवेशद्वारका भित्तेचित्रहरूको संरक्षण र पुनःस्थापना गरिएको छ। साथै, स्थलको अवस्थिति र प्रयोगलाई ध्यानमा राख्दै प्रकाश व्यवस्था, सरसफाइ, वर्षा पानी संकलन प्रणालीलगायत भवन सेवा सुविधाको स्तरोन्नति गरिएको छ ।

परियोजना भौतिक रूपमा सम्पन्न भई सन् २०२४ मार्च २२ मा उद्‍घाटन गरिएको थियो । कार्यक्रमकाे उद्‍घाटन नेपालका तत्कालीन शहरी विकास मन्त्री धनबहादुर बुढा र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले संयुक्त रूपमा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट