२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

संखुवासभा–ताप्लेजुङ सीमामा ४.७ म्याग्निच्युडको भूकम्प, क्षतिको विवरण आउन बाँकी

शुक्रवार , फाल्गुण १५, २०८२

काठमाडौं । संखुवासभा र ताप्लेजुङको सीमा क्षेत्रमा आज बिहान भूकम्प गएको छ। बिहान ३ बजेर १८ मिनेटमा ४.७ म्याग्निच्युडको भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार भूकम्पको केन्द्रविन्दु संखुवासभाको टोप्के गोला आसपास रहेको थियो । भूकम्पको धक्का संखुवासभा र ताप्लेजुङ जिल्लाका विभिन्न स्थानमा महसुस गरिएको जनाइएको छ ।

प्रारम्भिक सूचनाअनुसार हालसम्म मानवीय तथा भौतिक क्षतिको कुनै विवरण प्राप्त भएको छैन । दुवै जिल्लाका सुरक्षा अधिकारीहरूले स्थिति सामान्य रहेको र थप जानकारी संकलन भइरहेको बताएका छन् ।

स्थानीय प्रशासनले सर्वसाधारणलाई अनावश्यक हल्लामा नलाग्न र सतर्क रहन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट