२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

होलीमा मेला-महोत्सव र मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न नपाइने

शुक्रवार , फाल्गुण १५, २०८२

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले होली पर्वका अवसरमा खुला सडक तथा सार्वजनिक स्थानमा भिड जम्मा गर्ने, मेला–महोत्सव आयोजना गर्ने, मञ्च बनाएर सांगीतिक कार्यक्रम सञ्चालन गर्ने, मादक पदार्थको बिक्री–वितरण तथा सेवन गर्ने लगायतका गतिविधि नगर्न कडा निर्देशन दिएको छ ।

आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै प्रशासनले निर्वाचन आचारसंहिता विपरीतका कुनै पनि गतिविधि सह्य नहुने चेतावनी दिएको हो ।

प्रशासनले सार्वजनिक सूचना जारी गर्दै होली मनाउने नाममा शान्ति सुरक्षामा असर पर्ने, सार्वजनिक मर्यादा उल्लंघन हुने तथा निर्वाचन वातावरण प्रभावित हुने गतिविधि नियन्त्रणमा कडाइ गरिने स्पष्ट पारेको छ । घर कम्पाउण्डभित्र परिवार तथा आफन्तबीच मर्यादित रूपमा पर्व मनाउन रोक नलगाइए पनि सार्वजनिक स्थलमा भेला, जुलुस, सांगीतिक कार्यक्रम र मदिराजन्य गतिविधि पूर्ण रूपमा निषेध गरिएको उल्लेख छ ।

निर्वाचन आचारसंहिता, २०८२ अनुसार राजनीतिक दल वा उम्मेदवारको प्रचार झल्किने सामग्री प्रयोग, प्रदर्शन वा प्रचारात्मक गतिविधि गर्न नपाइने व्यवस्था स्मरण गराउँदै प्रशासनले होलीका नाममा कुनै पनि राजनीतिक रंग मिसाउन नदिन सुरक्षा निकायलाई सतर्क रहन निर्देशन दिएको जनाएको छ ।

प्रशासनले अमर्यादित, उच्छृङ्खल वा आचारसंहिता प्रतिकूल गतिविधिमा संलग्न पाइए प्रचलित कानून बमोजिम कारबाही गरिने चेतावनीसमेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट