काठमाडौं । प्रत्यक्षतर्फ १ सयभन्दा बढी क्षेत्रमा अग्रता कायम गर्दै १५ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकतर्फ पनि उल्लेख्य मत प्राप्त गर्ने संकेत देखिएको छ। प्रारम्भिक मतगणनाको तथ्यांक अनुसार रास्वपाले ५६.८३ प्रतिशत मत पाएको छ।
३९ हजार ४ सय ८३ मत गणना हुँदा रास्वपाले २२ हजार ४ सय ४२ मत प्राप्त गरेको छ। त्यस्तै, नेपाली कांग्रेसले ७ हजार ५ सय ५ मत पाएको छ, जुन कुल गणना भएको मतको करिब १९ प्रतिशत हो।
तेस्रो स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रहेको छ। राप्रपाले ३ हजार १ सय ६९ मत पाएको छ। त्यसपछि नेकपा एमालेले २ हजार ९ सय ९० मत प्राप्त गरेको छ।
एमालेपछि श्रम संस्कृति पार्टीले ९ सय ६० मत पाएको छ भने नेकपाले ९ सय ५१ मत प्राप्त गरेको छ।
प्रतिक्रिया दिनुहोस