काठमाडौं । भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगका संयोजक गौरीबहादुर कार्कीले जेनजी आन्दोलनमा दमन गर्ने सबैलाई कारवाही गर्न सिफारिस गरिएको बताएका छन् ।
आइतबार प्रधानमन्त्री कार्कीलाई आयोगको अन्तिम प्रतिवेदन बुझाएपछि सञ्चारकर्मीसंग कुरा गर्दै कार्कीले जेनजी आन्दोलनमा भाद्र २३ गते युवाहरुलाई गोली हान्न आदेश दिने देखि गोली नरोक्ने सवैलाई कारवाही गर्न सिफारिस गरिएको बताए । भाद्र २४ गतेको घटनामा पनि दोषि देखिएकालाई कारवाही गर्न सिफारिस गरिएको उनको भनाइ छ ।
उनले आयोगले आफ्नो प्रतिवेदन बुझाइसकेको अवस्थामा सरकारले प्रतिवेदन कार्यान्वयन गर्ने विश्वास व्यक्त गरे । आफुहरुले देश, जनता र शहीदको न्यायका लागि निष्पक्ष भएर काम गरेकाले सन्तुष्ट रहेको उनले बताए । उनले केहि काम सकिन बाँकी रहेको र निर्वाचनलाई समेत असर पर्ने देखेर निर्वाचनपछि सरकारलाई प्रतिवेदन बुझाएको उल्लेख गरे ।
कार्कीले छानविन आयोगको प्रतिवेदनका आधारमा दोषिलाई कारवाही गर्न नसके अर्को आन्दोलन हुन सक्नेप्रति सरकारलाई सजक गराइएका बताए ।
प्रतिक्रिया दिनुहोस