२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

देशभर छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु

आइतवार , फाल्गुण २४, २०८२

काठमाडौँ । देशका विभिन्न भागमा शनिबार र आइतबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु भएको छ ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौँको तारकेश्वर नगरपालिका–४, रौतहटको परोहा नगरपालिका–८, रौतहटको चन्द्रपुर नगरपालिका–१, धनुषाको गणेशमान चारनाथ नगरपालिका–५ चिसापानी बजार र लमजुङको सुन्दरबजार नगरपालिका–७ कुमालटारमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी एकरएक जनाको मृत्यु भएको हो ।

त्यस्तै सर्लाहीको हरिवन नगरपालिका-२ पाकरगाछीमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । चितवनको कालिका नगरपालिका–९ दब्यटारस्थित सडकमा उर्पदानगढीबाट शक्तिखोरतर्फ आँउदै गरेको अटो अनियन्त्रित भई दुर्घटना हुँदा अटोचालक राप्ती नगरपालिका–९ का पूर्ण विकसहित चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट