काठमाडौं । काठमाडौंको वायु प्रदूषणले खतराको तह पार गरेको छ । स्विट्जरल्याण्डको आईक्यू एयरका अनुसार आज बिहान काठमाडौंको वायु गुणस्तर सूचकांक २०६ पुगेको छ, जसलाई स्वास्थ्यका दृष्टिकोणले निकै अस्वस्थ मानिन्छ ।
प्रदूषणको यो दरसँगै काठमाडौं विश्वकै तेस्रो प्रदूषित सहरको सूचीमा परेको छ । विश्वभरका प्रदूषित सहरमध्ये भारतको दिल्ली पहिलो र बंगलादेशको ढाका दोस्रो स्थानमा रहेका छन् ।
प्रदूषणको स्तर २०० नाघेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सर्वसाधारणलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।
दूषित हावाका कारण मुटु, फोक्सो, आँखा र मिर्गौलामा गम्भीर समस्या देखिने भन्दै अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन र निस्कनै परे मास्कको अनिवार्य प्रयोग गर्न अपिल गरेको छ।
प्रतिक्रिया दिनुहोस