२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

उपत्यकामा छैन ठूलो वर्षाको सम्भावना, प्रदूषण अझै केहि दिन रहने

मंगलवार , फाल्गुण २६, २०८२

काठमाडौं । काठमाडौं उपत्यकामा प्रदूषणको अवस्था अझै केहि दिन कायमै रहने सम्भावना रहेको छ ।

तत्काल उपत्यकामा ठूलो वर्षा हुने अवस्था नरहेकाले वायुमण्डलमा रहेको प्रदूषणको अवस्था अझै केहि दिन कायमै रहने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता एवं वरिष्ठ मौसमविद् विभूति पोखरेलले आगामी तीन दिनसम्म अहिलेकै अवस्था रहने देखिएको र त्यसपछि क्रमश मौसममा सुधार हुने जानकारी दिइन् । उनले आगामी दिन देशभर मौसम बदली हुने देखिएको उल्लेख गरिन् । कोशी, बागमती, मधेश, र लुम्बिनी प्रदेशमा केहि स्थानमा हल्का बर्षाको सम्भावना रहेको उनले जानकारी दिइन् ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभाग तथा लुम्बिनी प्रदेशको तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

काठमाडौं उपत्यकासहित देशका केहि शहरहरूमा वायु प्रदूषण अत्यधिक बढेसँगै स्वास्थ्य मन्त्रालयले मानव स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भएकाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन अपिल समेत गरिसकेको छ ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट