२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

आजदेखि क्रमिक रूपमा तुवाँलो हट्ने

मंगलवार , फाल्गुण २६, २०८२

काठमाडौँ । केही दिनदेखि देशका विभिन्न भागमा देखिएको तुवाँलो आजदेखि क्रमिक रूपमा हट्दै जाने मौसमविद्ले बताएका छन् ।

मौसमविद् सञ्जीव अधिकारीले आजभन्दा भोलिदेखि मौसममा थप सुधार हुने सम्भावना रहेको बताए ।

उनका अनुसार पछिल्ला दिनमा उच्च चापीय प्रणालीको प्रभावले तुवाँलो देखिएको हो । तर, यो प्रणाली क्रमशः कमजोर हुँदै जाँदा तुवाँलो पनि हट्दै जाने अनुमान गरिएको छ ।

हाल नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली तथा पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाको अनुसार आज केही स्थानमा हल्का वर्षा भएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट