काठमाडौं । काठमाडौंमा वायु प्रदूषण अझै उच्च छ। मंगलबार निकै खराब स्थितिमा पुगेको वायु गुणस्तर आज पनि अस्वस्थको तह नजिकै छ।
स्विट्जरल्याण्डको आईक्यू एयरको रियल–टाइम मापनअनुसार, मंगलबार बिहानसम्म काठमाडौंको वायु गुणस्तर इन्डेक्स १९६ छ। २०० पुगेको खण्डमा ‘निकै अस्वस्थ’ मानिन्छ भने १५० नाघ्दा पनि अस्वस्थको श्रेणीमा पर्छ।
नेपाल सरकारको वायु गुणस्तर सूचकांक अनुसार ०–५० राम्रो, ५१–१०० मध्यम, १०१–१५० संवेदनशील समूहका लागि अस्वस्थ, १५१–२०० अस्वस्थ, २०१–३०० निकै अस्वस्थ र ३०१ भन्दा माथि खतरनाक मानिन्छ।
संसारभरका शहरसँग तुलना गर्दा काठमाडौं आज चौथो स्थानमा रहेको छ। पहिलोमा भारतको दिल्ली, दोस्रो पाकिस्तानको लाहोर र तेस्रो बंगलादेशको ढाका रहेका छन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रदूषण बढेको भन्दै सबैलाई सचेत रहन र बाहिर निस्किँदा मास्क लगाउन सुझाव दिएको छ।
प्रतिक्रिया दिनुहोस