२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

लोकतन्त्रको आवरणमा हुने लुटतन्त्र अन्त्य गर्न ट्रान्सपरेन्सीको आग्रह

बुधवार , फाल्गुण २७, २०८२

काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल ले नवनिर्वाचित जनप्रतिनिधि तथा राजनीतिक दलहरूलाई लोकतन्त्रको आवरणमा हुने लुटतन्त्र अन्त्य गर्न आग्रह गरेको छ।

हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचन को परिणामले नेपाली जनताको सुशासन र समृद्धिप्रतिको चाहना अभूतपूर्व रूपमा अभिव्यक्त भएको निष्कर्ष निकाल्दै संस्थाले सत्ता र शक्तिलाई निजी वा दलीय स्वार्थभन्दा माथि उठेर जनहितमा प्रयोग गर्न ध्यानाकर्षण गराएको हो ।

संस्थाका अध्यक्ष मदन कृष्ण शर्मा द्वारा जारी विज्ञप्तिमा युवा पुस्ताको भावना र सक्रियतासँगै उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहित निर्वाचनमा विजयी सबै राजनीतिक दलका जनप्रतिनिधिहरूलाई बधाई दिइएको छ।

विज्ञप्तिमा भनिएको छ, “कानुनी राज्यको उपहास गर्दै चरम भ्रष्टाचारले देशलाई कमजोर र शिथिल बनाउने जिम्मेवार राजनीतिक दल र प्रतिनिधिहरूलाई पाखा लगाउन सफल यस निर्वाचनले लोकतान्त्रिक प्रणालीप्रति जनविश्वास थपेको छ।”

नागरिकबाट प्राप्त यस जनादेशलाई अब गठन हुने प्रतिनिधिसभा र संघीय सरकारले पूर्ण सम्मान गर्नुपर्ने संस्थाको भनाइ छ। साथै, निर्वाचनका क्रममा जनतासामु गरिएका प्रतिबद्धता पूरा गर्दै कुनै पनि बहानामा ढिलाइ नगरी नागरिकले सुशासनको स्पष्ट अनुभूति गर्ने गरी काम गर्न सरकारसँग संस्थाले अपेक्षा गरेको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट