२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

नयाँ वर्ष २०८३ को अवसरमा पोर्चुगलमा सांगीतिक साँझ, सापकोटा र खड्काको प्रस्तुति रहने

बिहिवार , फाल्गुण २८, २०८२

काठमाडौं। पोर्चुगलमा आगामी अप्रिल १९ मा सांगीतिक साँझ आयोजना गरिने भएको छ।

नेपाली नयाँ वर्ष २०८३ लाई लक्षित गर्दै आयोजना गर्न लागिएको उक्त कार्यक्रममा चर्चित नेपाली गायक अर्जुन सापकोटा र बिप्लप खड्काले विशेष प्रस्तुति दिने भएका छन्। कार्यक्रमको आयोजना डाँफे इन्टरटेन्मेन्टले गर्न लागेको हो।

आयोजकका अनुसार पोर्चुगलमा बसोबास गरिरहेका नेपाली समुदायलाई लक्षित गर्दै सांगीतिक साँझ आयोजना गर्न लागिएको हो। कार्यक्रममा गायक सापकोटा र खड्कासँगै पोर्चुगलमै रहेका नेपाली गायक–गायिकाहरूको पनि प्रस्तुति रहने जानकारी दिइएको छ।

गायक अर्जुन सापकोटाले गाएका ‘झलिको’, ‘पछ्यौरी लिसियो’ र ‘बस्यौ अलक्कै’ जस्ता गीतहरू नेपाली श्रोतामाझ निकै लोकप्रिय छन्। यस्तै, नेपाली गायन रियालिटी शो नेपाली ताराबाट चर्चामा आएका गायक बिप्लप खड्काको प्रस्तुति पनि कार्यक्रममा आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ।

पोर्चुगलमा रहेका नेपाली समुदायबीच नयाँ वर्षको अवसरमा आपसी भेटघाट, मनोरञ्जन र सांस्कृतिक आदान–प्रदानलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट